अदालतको फैसला नआएसम्म आन्दोलन जारी राख्ने ७ दलको निर्णय

अदालतको फैसला नआएसम्म आन्दोलन जारी राख्ने ७ दलको निर्णय

धनुषा- मधेसमा आन्दोलनरत ७ दलले मुख्यमन्त्री नियुक्तिको विषयमा सर्वोच्चको फैसला नआएसम्म आन्दोलन जारी राख्ने निर्णय गरेका छन ।

नेकपा एमालेको संसदीय दलका नेता सरोजकुमार यादवलाई अवैधानिक तरिकाले मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै बुधबार चौथो दिन पनि ७ राजनीतिक दलले संयुक्त रुपमा मुख्यमन्त्री नियुक्तिविरुद्ध विरोध प्रदर्शन गरे ।

जसपा नेपाल मधेसका प्रमुख सचेतक रामअशिष यादवले प्रदेशमा संवैधानिक व्यवस्थाको ख्यालै नगरी अवैधानिक तरिकाले मुख्यमन्त्री नियुक्ति गरिएको र सर्वोच्चको फैसला नआएसम्म शान्तिपूर्ण आन्दोलनका कार्यक्रमहरु जारी राख्ने बताउनुभयो ।

उहाँले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नै मुख्यमन्त्री नियुक्तिको बाटो खुल्ने विश्वास व्यक्त गर्नुभयो ।

धर्नामा नेपाली कांग्रेस, जसपा नेपाल, लोसपा नेपाल, नेपाली कम्युनिष्ट पार्टी, नेकपा एकिकृत समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यहरु सहभागी भएका छन् ।

मङ्गलवार पनि मुख्यमन्त्री सरोजकुमार यादवले पदभार ग्रहण गरिरहँदा मधेस भवन बाहिर ७ राजनीतिक दलका नेता तथा कार्यकर्ता प्रदर्शनमा उत्रिएका थिए ।।

 

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 3   +   9   =  

Protected by Spam Master