आज स्कटल्याण्डसँग एक दिवसीय क्रिकेट खेल्दै नेपाल

काठमाडौं, वैशाख २४ । नेपाल ‘ए’ले आज स्कटल्याण्डसँग एक दिवसीय क्रिकेट प्रतियोगिता खेल्दैछ । आईसीसी विश्वकप क्रिकेट लिग–२ खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्ड टोलीसँग मुलपानी क्रिकेट मैदानमा अहिले बिहान सवा ९ बजे नेपाल ‘ए’ले अभ्यास शृङ्खला खेल्न लागेको हो।
नेपाल ‘ए’ले स्कटल्याण्ड र अमेरिकासँग दुईरदुई अभ्यास खेल खेल्नेछ । सार्वजनिक तालिकाअनुसार शृङ्खलाको दोस्रो खेलमा भोलि नेपालले अमेरिकाविरुद्ध खेल्नेछ । त्यसपछि पर्सि फेरि स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्ने छ । नेपाल ‘ए’को चौथो तथा अन्तिम खेल आउँदो सोमबार अमेरिकासँग हुनेछ ।
आउँदो वैशाख २८ गतेदेखि जेठ ८ गतेसम्म नेपाल, अमेरिका र स्कटल्याण्डबीच त्रिवि क्रिकेट रङ्गशालामा आईसीसी विश्वकप क्रिकेट लिग-२ प्रतियोगिता हुँदैछ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ बैशाख २४, बिहीबार ०८:२०आज स्कटल्याण्डसँग एक दिवसीय क्रिकेट खेल्दै नेपाल
समाचार२०८३ बैशाख २४, बिहीबार ०६:५२चितवन मेडिकल कलेजले काठमाडौँ र हेटौँडामा अस्पताल सञ्चालन गर्दै
समाचार२०८३ बैशाख २३, बुधबार १७:०३कर्मचारी ट्रेड युनियनका साइनबोर्ड हटाइयो, खाली गराइँदै कार्यालय
स्वास्थ्य/जानकारी टिप्स२०८३ बैशाख २३, बुधबार १३:५८वीर अस्पतालका निर्देशक डा.शर्माले पनि दिए राजीनामा








