सदस्य-सचिव पराजुलीलाई स्वागत


काठमाडौँ २७ कार्तिक ।
प्रेस काउन्सिल नेपालका सदस्य–सचिव छबीन्द्र पराजुलीलाई आज काउन्सिलमा स्वागत गरिएको छ । उहाँलाई सदस्यहरू कुमारी निमा काफ्ले, पदम राज जोशी, विजयराज अधिकारी, शन्तराम बिडारी, मुख्य अधिकृत झबिन्द्र भुसाल, वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनाल, सहप्रशासकीय अधिकृत रामशरण बोहरालगायत कर्मचारीले स्वागत गर्नुभएको हो।
स्वागतका क्रममा सदस्य कुमारी निमा काफ्लेले काउन्सिलले सदस्य-सचिव र काउन्सिलको टिमको सहकार्यबाट परिणाममुखी कार्य हुने विश्वास व्यक्त गर्नुभयो । सदस्य–सचिव पराजुलीले काउन्सिल बलियो भयो भने समाज, सरकार, सञ्चार माध्यम र नागरिक पनि बलियो हुने बताउनुभयो । सञ्चार क्षेत्रका सबै सरोकारवाला निकाय एक ढिक्का भएर अगाडि बढे काउन्सिललाई बलियो बनाउन सकिने उहाँको भनाइ थियो ।
मुख्य अधिकृत झबिन्द्र भुसालले काउन्सिलको स्थापना, संरचना, काम–कारबाहीका बारेमा सङ्क्षिप्त जानकारी गराउनुभएको कार्यक्रममा सूचना तथा प्रसारण विभागका निर्देशक पूर्णिमा उपाध्यायसमेत सहभागी हुनुहुन्थ्यो ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
https://www.presscouncilnepal.gov.np/np/2025/11/13/11236/, www.presscouncilnepal.gov.np
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख १७, बिहीबार १८:४९प्रेस काउन्सिल नेपालमा स्तनपान कक्ष र महिलामैत्री शौचालय स्थापना
समाचार२०८३ बैशाख १७, बिहीबार ०१:१८पोखरामा तीन दिनसम्म जेसीज सप्ताहन्त, युवाका लागि विभिन्न कार्यक्रम
समाचार२०८३ बैशाख १६, बुधबार १९:२१श्रम कानून तथा श्रमसम्बन्धी अन्तरक्रिया
समाचार२०८३ बैशाख १६, बुधबार १९:०७दशौँ रारा पोखरा स्पोर्ट्स अवार्ड वैशाख ३१ मा, ९ विधामा सम्मान गरिने








