बालबालिकाको निःशुल्क मुटु परीक्षण « रिपोर्टर्स नेपाल

नुवाकोट, २८ कात्तिक । यहाँको शिवपुरी गाउँपालिका–८ स्थित जनज्ञान माध्यमिक विद्यालयका बालबालिकाको आज निःशुल्क मुटु परीक्षण गरिएको छ ।
पल्मोनरी हाइपरटेन्सन एशोसियन नेपालद्वारा आयोजित कार्यक्रममा ४२७ बालबालिकाको मुटु परीक्षण गरिएको सो संस्थाका अध्यक्ष सम्झना खनाल गड्तौलाले जानकारी दिए ।
शिविरमा काठमाण्डु मेडिकल कलेज, वीरेन्द्र सैनिक र कान्ति बाल अस्पतालका चिकित्सकले परीक्षण र परामर्श दिएका थिए । शिविरको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष गोविन्द थपलियाले गाउँगाउँका बालबालिकालाई नियमित स्वास्थ्य परीक्षण र अभिभावकमा स्वास्थ्य सचेतना फैलाउन प्रयास भइरहेको बताए । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८२ कार्तिक २९, शुक्रबार १७:१४बालबालिकाको निःशुल्क मुटु परीक्षण « रिपोर्टर्स नेपाल
समाचार२०८२ कार्तिक २९, शुक्रबार १६:४४मतदाता नामावली दर्ताको अवधि थप गर्न निर्वाचन आयोगलाई प्रधानमन्त्रीको आग्रह
कला, विचार/मनोरञ्जन२०८२ कार्तिक २९, शुक्रबार १४:४७फिल्म ‘झरीपछिको इन्द्रेणी’ पुस ४ मा रिलिज हुँदै, पहिलो गीत बालेन शाहको युट्युबमार्फत सार्वजनिक हुँदै
समाचार२०८२ कार्तिक २९, शुक्रबार १३:१०धादिङ उद्योग वाणिज्य संघको ३२ औँ साधारण सभा तथा ३४औँ स्थापना दिवसमा सम्पन्न








