काठमाडौँ गोर्खाज समक्ष जनकपुर बोल्ट्सले दियो १३१ रनको लक्ष्य

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको पहिलो खेलमा जनकपुर बोल्टसले काठमाडौँ गोर्खाजलाई १३१ रनको लक्ष्य प्रस्तुत गरेको छ।
भव्य समारोहबीच उद्घाटन गरिए लगत्तै एनपीएलको पहिलो खेल भएको हो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जनकपुरले ६ विकेट गुमाएर १३० रन बनाएको छ।
काठमाडौं गार्खाजका कप्तान करण केसीले टस जितेर फिल्डिङ रोजेपछि अनिल साहको कप्तानीमा रहेको जनकपुर बोल्ट्सले सुरुवाती ब्याटिङ गरेको हो ।
काठमाडौँले भारतका मोन्टी देसाईलाई मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पेको छ ।
काठमाडौँले विदेशी खेलाडीका रूपमा दक्षिण अफ्रिकाका रिकार्डो भास्कोनेसेलोस, स्कटल्यान्डका जेरहार्ड इरास्मस, अमेरिकाका मिलिन्द कुमार र सन्नी पटेल तथा इङ्ल्यान्डका बेन चाल्र्सवर्थ र जोन सिम्पसनलाई आफ्नो टोलीमा समावेश गरेको छ ।
काठमाडौँले अन्य खेलाडीमा भीम सार्की, शाहव आलम, राशिद खान, दीपेश कँडेल, प्रतिक श्रेष्ठ, मोहम्मद आदिल आलम अन्सारी, सन्तोष यादव, आकाश त्रिपाठी, उत्तम थापामगर र तुलबहादुर थापा रहेका छन् । जनकपुर बोल्ट्सका प्रशिक्षकमा वेस्ट इन्डिजका शिवनारायण चन्द्रपाल रहेका छन् ।
जनकपुरले दक्षिण अफ्रिकाका इमरान ताहिर र वायने पार्नेल, श्रीलङ्काका लाहिरु मिलान्था, अमेरिकाका सञ्जय कृष्णमुर्ती र नामिबियाका निकोल लोफ्टी इटोनलाई टोलीमा समावेश गरेको छ ।
जनकपुरको टोलीमा आसिफ शेख, अनिलकुमार साह, ललितनारायण राजवंशी, किशोर महतो, रुपेश सिंह, तुलबहादुर थापामगर, मयन यादव, आदित्य महता, विकास आग्री र सचिन भट्ट रहेका छन् ।
पुनर्निमाण गरिएको त्रिवि रङ्गशालामा पहिलो पटक फ्लड लाइटमा खेल खेलाइएको छ ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन ३०, शनिबार २१:३६माइक्रो दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, मृतक सबै भारतीय नागरिक
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन ३०, शनिबार २१:२२‘धन्यवाद शत्रु’ भन्दै आइन् लोकप्रिय गायिका अन्जु
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन ३०, शनिबार २१:१५तीनदिने भ्वाइस एक्टिङ तालिमका लागि भारतका चर्चित भ्वाइस आर्टिष्ट अमित काठमाडौंमा
समाचार२०८२ फाल्गुन ३०, शनिबार २०:२२धादिङ अस्पतालमा ११ जना स्वास्थ्यकर्मी सम्मानित







