‘द ब्ल्यू लाइट’को पोस्टर सार्वजनिक, पाँच पात्रको रिस र निराशा

काठमाडौं । मनोवैज्ञानिक तनाव र थ्रिलले भरिएको संकेत दिने गर्दै चलचित्र ‘द ब्ल्यू लाइट’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा फिल्मका पाँच मुख्य कलाकारलाई केन्द्रमा राखिएको छ।
खैरो टोनको घर वा होटल जस्तो देखिने पृष्ठभूमिमाथि महेश त्रिपाठी, अर्पण थापा, बेनिशा हमाल, सृष्टि श्रेष्ठ र आयुष्मान देशराज जोशी उभिएका छन्। सबैको अनुहारमा एउटै भाव छ– रिस, थकान र गहिरो नैराश्यको मिश्रण। पाँचै पात्र तनावग्रस्त देखिए पनि उनीहरूको पीडा र आक्रोशको कारण भने पोस्टरले खुलाएको छैन।
पोस्टरमा महेश त्रिपाठी हातमा बञ्चरो बोकेर उभिएका छन्, बाँकी चार पात्र भने खाली हात छन्। महेशको हातको बञ्चरोले खतरा, हिंसक सम्भावना र कथाभित्रको टकरावको संकेत गर्छ भने अरू पात्रको मौनता र गम्भीर मुद्राले भित्रभित्रै उधुम मच्चिरहेको मनोवैज्ञानिक खेलतर्फ इङ्गित गर्छ।
बलिराम चौहानको निर्देशनमा तयार भएको ‘द ब्ल्यू लाइट’ पुस १० गतेबाट प्रदर्शनमा आउने तयारीमा छ। फिल्ममा अर्पण थापा, महेश त्रिपाठी, आयुसमान देशराज जोशी, बेनिशा हमाल, सृष्टि श्रेष्ठ र सुरक्षा इटानी मुख्य भूमिकामा छन्। बाल कलाकारका रुपमा ग्रिसमा कटुवाल र सहारा शर्माले अभिनय गरेका छन्।
साइकोलोजिकल थ्रिलर जनरामा बनिरहेको यस फिल्मलाई स्काइफल पिक्चर्सले प्रस्तुत गरेको हो। ‘द ब्ल्यू लाइट’का को–प्रोडुसर रमन ग्रे हुन् भने नरेन्द्र मैनालीले छायांकन सम्हालेका छन्।
फिल्ममा आकाश उखेडा मुख्य सहायक निर्देशक छन्। रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर रहेका छन् भने निर्माण नियन्त्रकको जिम्मेवारी दिलीप पन्तले सम्हालेका छन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना
समाचार२०८३ जेष्ठ १, शुक्रबार २०:२४५१ किलो अफिमसहित १ जना पक्राउ
समाचार२०८३ जेष्ठ १, शुक्रबार १८:५९धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
खेलकुद२०८३ जेष्ठ १, शुक्रबार १५:३६राखेपले फुकुवा गर्यो एन्फामाथिको निलम्बन









