नीलकण्ठ–१२ स्थित पशुपति मन्दिर परिसरमा आज मेला लाग्दै

नीलकण्ठ–१२ स्थित पशुपति मन्दिर परिसरमा आज मेला लाग्दै

धादिङबेंसी, २ मंसिर
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १२ स्थित पशुपति मन्दिर परिसरमा यस वर्षको बालाचतुर्दशी मेला आज लाग्दैछ । मेलाको तयारी अन्तिम सकिएको मन्दिर क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष अध्यक्ष मिलन भण्डारीले जानकारी दिनुभयो ।“मन्दिर परिसरमा रङरोगन, बत्ती व्यवस्थापन, बाटो सफाइ तथा भक्तजनको सुरक्षा व्यवस्थापनको काम सकिएको भण्डारीले बताउनुभयो ।

आज बेलुका ५ बजे औपचारिक उद्घघाटनपछि रातभर नाचगान तथा भजन–कीर्तन हुनेछ । मेलको नेपाल नरपालिका संघका अध्यक्ष एवं नीलकण्ठ नगर प्रमुख भीमप्रसाद ढुंगानाले गर्नुहुने छ। नगरपालिकाको आर्थिक सहयोगमा मन्दिरको भौतिक संरचना निर्माण भईरहेको छ । आज राजभर जागाराम बसी भोलिपल्ट बिहान सतबिज छर्ने र फूलको डोली तार्ने परम्परागत विधि पालना गरिने समितिले जनाएको छ ।

मार्गशीर्ष कृष्ण त्रयोदशीको बेलुकी दीपदान गरी रातभर जाग्राम बसेपछि बालाचतुर्दशीको बिहान सतबीज छर्ने चलन रहेको छ । धान, जौ, तिल, गहुँ, चना, मकै र कागुनो गरी सात थरी अन्न छर्दा दिवंगत आत्माको चिरशान्ति प्राप्त हुने जनविश्वास छ । एक गेडा सतबिज छर्दा एक गेडा सुन दान गरेको बराबर पुण्य प्राप्त हुने धार्मिक विश्वास रहँदै आएको छ।फूलको डोली तार्ने चलन मेलाको मुख्य आकर्षण मानिन्छ । आफ्ना दिवंगत पितृको सम्झनामा डोली तार्ने भक्तजनको भीड प्रत्येक वर्ष उलेख्य हुने गरेको छ ।नीलकण्ठ नगरपालिका–१२ का वडाध्यक्ष धर्मराज भण्डारीले पशुपति मन्दिरलाई सदरमुकामको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल भएको बताउनुभयो । “

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 1   +   2   =  

Protected by Spam Master