‘एक्लो’ को क्यारेक्टर पोस्टरमा डिसी

काठमाडौँ। नेपाली फिचर फिल्म ‘एक्लो’ का मुख्य कलाकार मध्ये एक दिनेश डीसीको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ। उहाँको जन्मदिनको अवसर पारेर निर्माण पक्षले विशेष पोस्टर सार्वजनिक गरेको हो। साइन्स–फिक्सनमा आधारित रहि निर्माण भएको यो चलचित्र आगामी पुस १७ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।
चलचित्र विकास बोर्डका अध्यक्षसमेत रहेका दिनेश डीसीले व्यस्त समय–सारणीबीच पनि अभिनयका लागि समय निकाल्दै आएका छन्। सार्वजनिक पोस्टरमा डीसीको क्यारेक्टर नाम ‘द्रोण’ उल्लेख गरिएको छ। उनको लुक्स र प्रस्तुतीकरणबाट चलचित्र सामान्यभन्दा फरक बनेको संकेत दर्शकले अनुमान गर्न सक्ने देखिन्छ।
‘एक्लो’ का निर्देशक प्रदीप शाही हुन्। बेलायतमा बसेर फिल्म निर्माणमा सक्रिय शाहीको यो तेस्रो निर्देशन हो। हलिउड स्तरको भिजुअल र प्राविधिक गुणस्तरमा सिनेमा तयार गर्ने लक्ष्यसहित उनी निर्माणमा जुटिरहेका छन्। हाल चलचित्रको पोस्ट–प्रोडक्सन कार्य लण्डनमा तीव्र गतिमा भइरहेको निर्देशक शाहीले बताए।
यस चलचित्रमा स्टारकास्टको आकर्षक संयोजन रहेको छ। प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरी, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ, बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंह साथै बेलायती अभिनेता जेमी बेकनको समेत अभिनय रहेको छ।
एनआरएन समुहको लगानीमा बनेको चलचित्र ‘एक्लो’ का कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ रहेका छन्।
चलचित्रको छायाङ्कन बाबु श्रेष्ठले गरेका छन्। द्वन्द्व निर्देशन राजु तामाङले, सेट डिजाइन राजु पेन्टरले, कला निर्देशन सन्तोष लामाले र प्रोडक्सन डिजाइन द्रोणप्रसाद पौडेल ‘ठेउके’ ले सम्हालेका छन्
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना
समाचार२०८३ जेष्ठ १, शुक्रबार २०:२४५१ किलो अफिमसहित १ जना पक्राउ
समाचार२०८३ जेष्ठ १, शुक्रबार १८:५९धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
खेलकुद२०८३ जेष्ठ १, शुक्रबार १५:३६राखेपले फुकुवा गर्यो एन्फामाथिको निलम्बन









