एनपिएलः कर्णाली याक्सका प्रियाङ्क शतक बनाउनबाट चुके

काठमाडौँ, २ मङ्सिर । नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सका ओपनर प्रियाङ्क पञ्चाल चितवन राइनोजविरुद्धको खेलमा शतक बनाउनबाट चुकेका छन् ।
कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णाली याक्सका लागि भारतीय खेलाडी पञ्चाल शतक बनाउनबाट १० रनले चुकेका हुन् । पहिलोपटक एनपिएल खेलिरहेका उनले ४८ बलमा सात चौका र ६ छक्काको मद्दतमा ९० रन बनाए । उनी रबि बोपाराको बलमा देव खनालद्वारा क्याच आउट भए । इङल्यान्डका रवि बोपारा अलराउन्डर र प्रभावशाली खेलाडी हुन् ।
योसँगै जारी एनपिएलमा पञ्चाल अर्धशतक प्रहार गर्ने दोस्रो खेलाडी बनेका छन् । सोमबार भएको उद्घाटन खेलमा जनकपुर बोल्ट्सका मार्की खेलाडी आसिफ शेखले अर्धशतक बनाएका थिए । त्यसक्रममा उनले ५४ रन बनाएका थिए । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ १९, आईतवार २०:०३पुनः वर्षा गराउने प्रणाली सक्रिय-काठमाडौँमा मङ्गलबार राति वर्षा हुन सक्ने
समाचार२०८२ माघ १९, आईतवार १९:१०प्रेस काउन्सिल र महासंघको टोलीद्वारा नीलकण्ठ एफ.एम.को कार्यालय निरीक्षण
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ १९, आईतवार १७:२७पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै
समाचार२०८२ माघ १९, आईतवार १४:१५मुग्लिन-मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र








