नीलकण्ठ–८ ससाह देउरालीको शिव मन्दिरमा आज विशेष जात्रा

धादिङ, मंसिर ०२ गते ।
धादिङको नीलकण्ठ नगरपालिका–८ ससाह देउरालीस्थित शिव मन्दिरमा आज विशेष जात्रा लाग्दै छ । हिन्दु धर्मावलम्बीबीच गहिरो आस्था राखी मनाइने धार्मिक परम्पराको जगेर्नाका लागि यस वर्षदेखि मंसिर कृष्ण त्रयोदशीका दिन विशेष रूपमा साँझ पूजा–आजाको परम्परा सुरु गरिएको हो ।

सामान्य विधिबाट पूजा हुँदै आएको यस शिव मन्दिरमा यस वर्षदेखि व्यवस्थित र विशेष पूजा विधि थालिएको शिवालय धार्मिक विकास संस्थाका अध्यक्ष केशव कोइरालाले जानकारी दिनुभयो। उहाँका अनुसार आज मंसिर २ गते साँझ सामूहिक रुपमा फूलको डोली भित्र्याइने, रातभर पूजा–पाठ गरिने तथा सांस्कृतिक कार्यक्रमसमेत गरिनेछ ।

स्थानीय बासिन्दाले हरेक वर्ष जात्रालाई अझ व्यवस्थित र आकर्षक बनाउन निरन्तर पहल गर्दै आइरहेको कोइरालाले बताउनुभयो । उहाँले यस पहलले नेपालभर प्रचलित धार्मिक विश्वास, परम्परा र सामुदायिक संस्कृति जगेर्नामा योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ मंसिर ४, बुधबार ०८:४५एनपीएलः काठमाडौँ र सुदूरपश्चिम भिड्दै
खेलकुद२०८२ मंसिर ४, बुधबार ०८:३५एनपीएलः काठमाडौं र सुदूरपश्चिम भिड्दै
कला, विचार/मनोरञ्जन२०८२ मंसिर ३, मंगलवार २०:५१चलचित्र विकास शुल्क पोर्टलको अभिमुखीकरण तथा तालिम सुरु
समाचार२०८२ मंसिर ३, मंगलवार २०:१८जेन-जी आन्दोलनका घाइतेलाई जनही १५ हजार उपलब्ध गराउने सरकारको निर्णय








