इनास नेपालको १७ सदस्यीय नयाँ कार्यसमिति चयन, अध्यक्षमा निर्देशक ऋषि लामिछाने

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) नेपाल शाखाको दोस्रो अधिवेशनले निर्देशक ऋषि लामिछानेलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गर्दै १७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ।
मंगलबार राजधानीमा सम्पन्न अधिवेशनले नेपाली कला, संस्कृति र कलाकारिताको प्रवर्द्धनलाई प्रमुख लक्ष्य बनाएर नयाँ नेतृत्व चयन गरेको हो।
उपाध्यक्षमा अभिनेता रमेश उप्रेती, अभिनेत्री रेजिना उप्रेती र गायक युवराज चौलागाईं निर्वाचित भएका छन्। महासचिवमा फिल्म निर्माण नियन्त्रक शंकर पाण्डे छानिएका छन् भने राजिन पनेरु सचिव बनेका छन्। कोषाध्यक्षमा चलचित्र वितरक रत्न श्रेष्ठ विजयी भए।
खुमन अधिकारी, एलिना चौहान, पूर्णबहादुर लामा, दिनेश काफ्ले, प्रियङ्का प्रसाई, गौतम मानन्धर, सहारा पाण्डे, दीपा रेग्मी पन्त, ऋतु कँडेल र शिवम अधिकारी सदस्यमा चयन भए।
इनासको ग्लोबल सञ्चार प्रतिनिधि (जीसीआर) मा सञ्चारकर्मी विष्णु शर्मा नियुक्त भएका छन्। उनी ग्लोबल र राष्ट्रिय कमिटीबीच सञ्चार समन्वयको भूमिकामा रहनेछन्।
अधिवेशन इनास नेपाल शाखाका निवर्तमान अध्यक्ष तथा एसिया संयोजक दयाराम पाण्डेयको अध्यक्षतामा सम्पन्न भयो।
इनास ग्लोबल अध्यक्ष अर्जुनप्रसाद काफ्ले प्रमुख अतिथिका रूपमा उपस्थित थिए। उनले इनासले विश्वभर फैलिएको सञ्जालमार्फत नेपाली कला, साहित्य, भाषा, संस्कृति र खेलकुदको प्रवर्द्धनमा निरन्तर काम गर्दै आएको बताए।
काफ्लेले गैरआवासीय नेपाली संघ (एनआरएन) को दोस्रो–तेस्रो पुस्तालाई लक्षित गरी नेपाली भाषा सिकाउने नेपाली पाठशालाको स्थापना गर्दै कार्य अगाडि बढाइरहेको जानकारी पनि दिए।
सन् २०२५–२०२७ का लागि निर्वाचित अध्यक्ष ऋषि लामिछानेले विधानको मर्मअनुसार संस्थाले विश्वभर रहेका नेपाली कलाकारको भावना कदर गर्दै काम गर्ने प्रतिज्ञा गरे। उनले चलचित्र, गीतसंगीत, साहित्य, भाषा, खेलकुद र पत्रकारितालगायतका विभिन्न विधाका विज्ञको प्रतिनिधित्व रहेको समितिलाई आवश्यकताअनुसार परिष्कृत गर्दै लगिने बताए। कार्यक्रममा इनासकी संरक्षक नीता श्रेष्ठ, ग्लोबल कोषाध्यक्ष रूपा न्यौपाने लगायत वक्ताले शुभकामना व्यक्त गरेका थिए।
सन् २०१२ मा पोल्याण्डमा स्थापना भएको इनास हाल विश्वभर छरिएका नेपाली कलाकारका हकहितमा काम गर्दै आएको छ। संस्थाका शाखाहरू अहिले करिब ७३ देशमा विस्तार भइसकेका छन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८२ फाल्गुन १०, आईतवार ०८:३३आज दुई खेल हुँदै « रिपोर्टर्स नेपाल
समाचार२०८२ फाल्गुन १०, आईतवार ०८:२४संखुवासभामा बिहानै भूकम्प
स्वास्थ्य/जानकारी टिप्स२०८२ फाल्गुन १०, आईतवार ०७:४६बजेट र जनशक्ति अभावले सञ्चालनमा आउन सकेन दोबागाउँ अस्पताल
समाचार२०८२ फाल्गुन १०, आईतवार ०७:२५दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई








