प्युठानमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको उद्घाटन

काठमाडौँ – भारत सरकारको आर्थिक सहयोगमा निर्मित लुम्बिनी प्रदेशको प्युठानको ऐरावती गाउँपालिका–१, अमिलीस्थित श्री दाङ वाङ माध्यमिक विद्यालयको विद्यालय एवम् छात्रावास भवनहरूको आज भारतीय राजदूतावास, काठमाडौँका काउन्सलर गीताञ्जली ब्रैंडन र ऐरावती गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाहले संयुक्त रूपमा उद्घाटन गर्नुभयो । उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालयका शिक्षक/शिक्षिका, विद्यार्थी र उनीहरूका अभिभावकको पनि उपस्थिति रहेको थियो ।
उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा भारत सरकारको अनुदान विद्यालय एवम् छात्रावास भवनहरू तथा अन्य सम्बद्ध संरचनाको निर्माणमा उपयोग गरिएको थियो । यो प्युठानको ऐरावती गाउँपालिका मार्फत कार्यान्वयन गरिएको थियो ।
श्री दाङ वाङ माध्यमिक विद्यालय प्युठानको ग्रामीण क्षेत्रको अग्रणी सरकारी विद्यालयहरू मध्ये एक हो । यस विद्यालयले २३४ विद्यार्थीहरूका लागि ईसीडी (प्लेग्रुप) देखि कक्षा १० सम्म शिक्षा प्रदान गर्दछ जसमध्ये लगभग ६० प्रतिशत छात्राहरू रहेका छन् ।
ऐरावती गाउँपालिकाका अध्यक्ष, विद्यालय व्यवस्थापन तथा अन्य सरोकारवालाहरूले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगप्रति कृतज्ञता व्यक्त गर्नुभयो । उहाँहरूले यस परियोजनाबाट निर्माण गरिएको पूर्वाधारले प्युठानको श्री दाङवाङ माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो । यसले सिकाइको लागि अझ राम्रो वातावरण सिर्जना गर्नका साथै यस क्षेत्रमा शिक्षा क्षेत्रको समग्र विकासमा योगदान पुर्याउन मद्दत गर्नेछ ।
नजिकको छिमेकी भएको नाताले भारत र नेपालबिच व्यापक र बहु क्षेत्रीय सहकार्य रहेको छ । यस उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले प्राथमिकताका क्षेत्रहरूमा पूर्वाधार सुदृढ गर्नुका साथै विकास र समृद्धि हासिल गर्न नेपाल सरकारले गरिरहेको प्रयासलाई मजबुत बनाउन भारत सरकारको निरन्तर सहयोगलाई झल्काउने काठमाडौँस्थित भारतीय राजदूतावासव्दारा जारी विज्ञप्तिमा उल्लेख छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ मंसिर ४, बुधबार २२:१५प्युठानमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको उद्घाटन
कला, विचार/मनोरञ्जन२०८२ मंसिर ४, बुधबार २१:०२‘पीआर’को अन्तर्राष्ट्रिय प्रदर्शन तयारीका लागि निर्देशक बस्नेत अष्ट्रेलिया प्रस्थान
समाचार२०८२ मंसिर ४, बुधबार २०:२९अन्तर्राष्ट्रिय धादिङ समाजमा डा. अर्याल, गौतम र भण्डारीलाई नयाँ जिम्मेवारी
समाचार२०८२ मंसिर ४, बुधबार १७:४५बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत् परियोजनाको लगानी स्वीकृत







