अन्तर्राष्ट्रिय धादिङ समाजमा डा. अर्याल, गौतम र भण्डारीलाई नयाँ जिम्मेवारी

धादिङ, ०३ कात्तिक ।
अन्तर्राष्ट्रिय धादिङ समाजले आफ्नो सांगठनिक संरचनालाई थप मजबुत बनाउने उद्देश्यले विभिन्न विभागहरूमा संयोजक तथा पदाधिकारी नियुक्त गरी नयाँ नेतृत्व संरचना सार्वजनिक गरेको छ।
समाजका अध्यक्ष राजन खकुराल र महासचिव बाबुकाजी भण्डारीद्वारा जारी गरिएको विज्ञप्तिअनुसार तीन महत्त्वपूर्ण विभागमा नयाँ पदाधिकारीहरू नियुक्त गरिएको प्रवक्ता सुदीप भुषण अर्यालले जानकारी दिनुभयो ।
वरिष्ठ कन्सल्ट्यान्ट तथा प्राध्यापक डा. गोपी अर्याललाई स्वास्थ्य विभागको संयोजकको जिम्मेवारी दिइएको छ। स्वास्थ्य क्षेत्रमा लामो अनुभव भएका डा. अर्यालको नेतृत्वमा धादिङ समुदायलाई लक्षित गरी स्वास्थ्य सेवा, प्राविधिक क्षमता अभिवृद्धि, र स्वास्थ्य सचेतना प्रवद्र्धन कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाइने समाजले जनाएको छ।
त्यसैगरी, अन्तर्राष्ट्रिय सञ्चार तथा सूचना समन्वयलाई थप व्यवस्थित बनाउन जापान निवासी राजन गौतमलाई प्रेस संयोजकको रूपमा चयन गरिएको छ। सञ्चार क्षेत्रमा सक्रिय गौतमको नियुक्तिले संस्थाको सूचना प्रवाह, समन्वय, र अन्तर्राष्ट्रिय पहिचान विस्तारमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।
युवा शक्तिलाई सशक्त नेतृत्वतर्फ डो¥याउने उद्देश्यले न्यूजिल्याण्ड निवासी सम्झना भण्डारीलाई युवा संयोजकको रूपमा नियुक्त गरिएको छ। उनको नेतृत्वमा युवा–मैत्री कार्यक्रमहरू, अन्तर्राष्ट्रिय युवाहरूको सञ्जाल निर्माण, र रचनात्मक अभियानहरू सञ्चालन गरिने बताइएको छ।
अध्यक्ष राजन खकुरालले नयाँ टिमले धादिङ समुदायको हित, संस्थाको सेवा प्रभावकारिता, र अन्तर्राष्ट्रिय पहुँच विस्तारमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।
महासचिव बाबुकाजी भण्डारीले विश्वभर छरिएर रहेका धादिङवासीहरूलाई एउटै प्लेटफर्ममा जोडेर सामूहिक रूपमा काम गर्ने संस्थाको लक्ष्यलाई नयाँ नेतृत्वले अझ सशक्त बनाउने बताउनुभयो ।
अन्तर्राष्ट्रिय धादिङ समाज विश्वभर रहेका धादिङवासी समुदायका लागि सामाजिक, सांस्कृतिक, एवं मानवीय सेवाका कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना
समाचार२०८३ जेष्ठ १, शुक्रबार २०:२४५१ किलो अफिमसहित १ जना पक्राउ
समाचार२०८३ जेष्ठ १, शुक्रबार १८:५९धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
खेलकुद२०८३ जेष्ठ १, शुक्रबार १५:३६राखेपले फुकुवा गर्यो एन्फामाथिको निलम्बन








