बारा घटनापछि सुरक्षा रणनीतिका बारेमा छलफल

काठमाडौँ- बारामा हिजोदेखि भएको झडप र प्रदर्शनको विषयलाई लिएर आज सुरक्षा परिषद्को बैठक बस्यो ।
केहीवेर अघि सम्पन्न बैठकमा बारा घटना र त्यसले पार्न सक्ने सुरक्षा चुनौति तथा आगामी दिनमा अपनाउनुपर्ने रणनीतिवारे छलफल भएको हो ।
प्रधानमन्त्री सुशीला कार्कीले बोलाउनु भएको बैठकमा सुरक्षा निकायका प्रमुखहरुले सुरक्षा अवस्था र त्यसले पार्न सक्ने प्रभावका वारेमा जानकारी गराउनु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
हिजो बारामा जेन-जी युवा र एमालेका कार्यकर्तावीच झडप भएपछि सिमरामा आज पनि प्रदर्शन भएको थियो ।
आज विहानैदेखि जेन-जी युवहरुले प्रदर्शन गर्न थालेपछि प्रशासनले आज राति ८ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख १२, शनिबार ०७:४३नेपाल–बङ्गलादेश आर्थिक सहकार्य प्रवर्द्धनमा जोड
कला, विचार/मनोरञ्जन२०८३ बैशाख ११, शुक्रबार २३:२१‘माया भनेकै यस्तो होला’ भदौ २६ मा रिलिज, रेखा थापाको निर्देशनमा कमब्याक
कला, विचार/मनोरञ्जन२०८३ बैशाख ११, शुक्रबार २३:११‘लालीबजार’को ‘मै राम्री छु त नी’ गीतको अंश सार्वजनिक
समाचार२०८३ बैशाख ११, शुक्रबार १९:२५अवकाशको उमेरहद् बढाइयो,सेवा प्रवेशको घटाइयो








