‘ऊनको स्वीटर’ सिक्किममा भव्य प्रिमियर, आजदेखि भारतभर प्रदर्शन

काठमाडौँ। नेपाली सुपरहिट चलचित्र ‘ऊनको स्वीटर’ को सिक्किमको राजधानी गान्तोकस्थित पिभिआर आइएनओएक्स, वेस्ट पोइन्ट मलमा भव्य प्रिमियर सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व विधायक तथा मुख्यमन्त्री प्रेमसिंह गोलेकी श्रीमती कृष्णा कुमारी राई रहिन्। सिक्किम चलचित्र विकास बोर्डका अध्यक्ष टाँसी छिरिङ भुटिया, प्रहरी प्रमुख खेल वर्ण गुरुङ लगायत उच्च अधिकारीहरूको सहभागिता उल्लेखनीय रह्यो।
नेपालबाट कलाकार विपिन कार्की, गायक सुजन चापागाईँ, कलाकार भावना खपांगी मगर, निर्देशक नवीन चौहान लगायत सम्पूर्ण टिमको उपस्थिति थियो।प्रमुख अतिथि राईले चलचित्रले नेपाली भाषी समुदायबीचको एकता झल्काएको बताउँदै ‘ऊनको स्वीटर–२’ हेर्ने इच्छा व्यक्त गरिन्। निर्देशक चौहानले भारतीय नेपाली भाषी दर्शकको साथले अब भारतमा नियमित नेपाली फिल्म रिलिज हुने बाटो खुलेको बताए।
दर्शकहरूले सिक्किममै पहिलो पटक यस्तो भव्य प्रिमियर देखिएको भन्दै चलचित्रप्रति उत्साह व्यक्त गरेका छन्। फिल्म आजदेखि भारतका १४ प्रमुख हलमा प्रदर्शनमा आएको छ। दार्जिलिङ, कर्स्याङ, गान्तोक र सिलिगुडीका प्रमुख मल्टिप्लेक्सहरूमा शो सुरु भइसकेको छ। नयाँ दिल्ली र असाममा भने अर्को हप्ता रिलिज हुने बताइएको छ।
गायक सुजन चापागाईँ र कलाकार टोलीले पाँच प्रमुख शहरमा दर्शक भेटघाट कार्यक्रम चलाउने छन्। भारतका वितरक एवन राईले सिक्किम सरकार र स्थानीय समुदायबाट पाएको सहयोगप्रति आभार व्यक्त गर्दै ‘ऊनको स्वीटर’ ले भारतमा नेपाली सिनेमाको उपस्थिति मजबुत बनाउने विश्वास व्यक्त गरे।
नेपालमा ५१ दिन चलेर करिब १२ करोड कमाएको ‘ऊनको स्वीटर’ अब भारतमा पनि समान सफलता दोहोर्याउने अपेक्षा गरिएको छ। मुख्य कलाकारमा विपिन कार्की, मिरुना मगर, एलेक्स पारस, परीक्षा लिम्बु, विल्सन विक्रम राई, भावना खपांगी मगर र सुनिल पोखरेल छन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ चैत्र १, आईतवार २०:२१चलचित्र ‘जिरो डिग्री’ को पोखराबाट छायाङ्कन सुरु
समाचार२०८२ चैत्र १, आईतवार १८:१४डिभिजन वन कार्यालय धादिङद्धारा वन डढेलो सचेतना सप्ताह सुरु
समाचार२०८२ चैत्र १, आईतवार १६:५०नेप्से चार दशमलव ४५ अङ्कले बढ्यो
कला, विचार/मनोरञ्जन२०८२ चैत्र १, आईतवार १०:२३प्राविधिक परिवारलाई बोर्डद्वारा ५० हजार सहयोग








