आज कर्णाली र लुम्बिनी तथा काठमाडौँ र विराटनगरबीच प्रतिश्पर्धा

काठमाडौँ- काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेलहरु हुँदैछन् ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बिहान ११ः१५ बजे हुने पहिलो खेलमा कर्णाली र लुम्बिनी लायन्स भिड्नेछन् । लुम्बिनी रोहित पौडेल र कर्णाली सोमपाल कामीको कप्तानीमा मैदान उत्रनेछ ।
लुम्बिनी दोस्रो जितको खोजीमा छ । उसले पहिलो खेलमा चितवन राइनोजलाई हराएको थियो । कर्णालीको पनि यो दोस्रो खेल हो । पहिलो खेलमा चितवन राइनोजसँग हारेको कर्णाली आज विजयी हुन चाहन्छ ।
यस्तै, दोस्रो खेलमा दिउँसो ३ः३० बजे काठमाडौँ गोर्खाज र विराटनगर किङ्स खेल्दै छन् । करण केसीको कप्तानीमा रहेको काठमाडौँ तेस्रो खेल खेल्न लागेको हो ।
पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई हराएको काठमाडौँ दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग स्तब्ध भएको थियो ।
सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगर लगातार दोस्रो जितको खोजीमा छ । विराटनगरले पहिलो खेलमा पोखरा एभेन्जर्समाथि शानदार जित निकालेको थियो ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन ३०, शनिबार २१:३६माइक्रो दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, मृतक सबै भारतीय नागरिक
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन ३०, शनिबार २१:२२‘धन्यवाद शत्रु’ भन्दै आइन् लोकप्रिय गायिका अन्जु
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन ३०, शनिबार २१:१५तीनदिने भ्वाइस एक्टिङ तालिमका लागि भारतका चर्चित भ्वाइस आर्टिष्ट अमित काठमाडौंमा
समाचार२०८२ फाल्गुन ३०, शनिबार २०:२२धादिङ अस्पतालमा ११ जना स्वास्थ्यकर्मी सम्मानित







