धादिङमा थपिए ८ हजार ४३१ मतदाता

धादिङ,०७ मङ्सिर ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मतदाता नामावली दर्ता गर्ने समय सकिएको छ । धादिङ जिल्लामा ८ हजार ४३१ जनाले नयाँ मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।
जिल्ला निर्वाचन अधिकारी शिव गुरुङका अनुसार मङ्सिर ५ गतेसम्म जिल्लामा ८ हजार ४३१ जनाले नाम दर्ता गराएका हुन् । निर्वाचन कार्यालयबाट नामावली दर्ता गराउनेको सङ्ख्या एक हजार ९६९ रहेको छ । जसमा ११ सय २८ पुरुष र ८४१ महिला रहेका छन् । यस्तै, छ हजार ४६२ जनाले राष्ट्रिय परिचयपत्रमार्फत नामावली दर्ता गराएको निर्वाचन अधिकारी गुरुङले बताउनुभयो ।
बाह्य जिल्लाबाट ७३ जना (३१ महिला र ४२ पुरुष) ले नयाँ दर्ता गराएका छन्। साथै २०६ जनाले नामावली सच्याएका छन् भने ७५४ जनाले विवरण सार्ने प्रक्रिया पूरा गरेका छन्।
गुरुङका अनुसार विगतको तुलनामा यस पटक नाम दर्ता गर्नेमा युवापुस्ताको उत्साह देखिएको थियो । मतदाता दर्ताप्रति कम चासो देखाउने युवाहरू यसपालि आफ्नो मताधिकार सुनिश्चित गर्न उत्साहित थिए । कात्तिक ३० गतेसम्म नामावली दर्ता गर्ने समयसीमा राखेको आयोगले सरकारको आग्रहमा सो म्याद मङ्सिर ५ गतेसम्म थप गरेको थियो ।
धादिङमा कुल मतदाता सङ्ख्या दुई लाख ६५ हजार ९९६ रहेकोे छ । तीमध्ये एक लाख ३० हजार ५९४ महिला, एक लाख ३५ हजार ४०१ पुरुष र एक जना अन्य मतदाता रहेका छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना
समाचार२०८३ जेष्ठ १, शुक्रबार २०:२४५१ किलो अफिमसहित १ जना पक्राउ
समाचार२०८३ जेष्ठ १, शुक्रबार १८:५९धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
खेलकुद२०८३ जेष्ठ १, शुक्रबार १५:३६राखेपले फुकुवा गर्यो एन्फामाथिको निलम्बन








