सर्बोच्चको आदेशसँगै दुर्गा प्रसाईं रिहा

काठमाडौँ- राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान अभियानका संयोजक दुर्गा प्रसाईं रिहा हुनुभएको छ।
सर्वोच्च अदालतले प्रसाईंलाई रिहा गर्न आदेश दिएपछि उहाँ आजै रिहा हुनु भएको छ ।
अदालतले प्रसाईंका छोरा निराजन प्रसाईंले दर्ता गराउनुभएको बन्दी प्रत्यक्षिकरणको रिटमाथि सुनुवाई गर्दै रिहा गर्न आदेश दिएको हो ।
न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले सर्वोच्च अदातलका रजिष्ट्रारको रोहबरमा कागज गराई दुर्गा प्रसाईंका छोरा निराजन प्रसाईंलाई जिम्मा लगाउने आदेश दिएको थियो ।
प्रसाईंले गरेको कामले शान्ति भङ्ग नभएको र शान्ति भङ्ग हुने कार्यमा दुरुत्साहन पनि नगरेको कारण प्रसाईंलाई थुनामा राख्ने कार्य प्रथम दृष्टिमै सही नदेखिएको अदालतको आदेशमा उल्लेख छ ।
साथै शान्तिपूर्ण ढङ्गले कार्यक्रम आयोजना गर्न खोज्दा पक्राउ गर्नका लागि पक्राउ पूर्जी जारी गर्ने कार्य र थुनामा राख्नका लागि म्याद थप गर्ने कार्यसमेत उत्प्रेषणको आदेशले बदर हुने सर्वोच्चले आदेशमा उल्लेख गरेको छ ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन ३०, शनिबार २१:३६माइक्रो दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, मृतक सबै भारतीय नागरिक
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन ३०, शनिबार २१:२२‘धन्यवाद शत्रु’ भन्दै आइन् लोकप्रिय गायिका अन्जु
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन ३०, शनिबार २१:१५तीनदिने भ्वाइस एक्टिङ तालिमका लागि भारतका चर्चित भ्वाइस आर्टिष्ट अमित काठमाडौंमा
समाचार२०८२ फाल्गुन ३०, शनिबार २०:२२धादिङ अस्पतालमा ११ जना स्वास्थ्यकर्मी सम्मानित







