राजागंज: पूजा, सर – एकै साथ विश्वका पाँच प्रमुख एयरलाइन्समा स्ट्रिमिङ

काठमाडौं । नेपाली फिल्म ‘राजागंज : पूजा सर’ विश्वका पाँच मुख्य अन्तर्राष्ट्रिय एयरलाइन्सहरू— कतार, अमेरिकन, युनाइटेड, लुफ्थान्सा र स्वीस एयरलाइन्स बाट एकैसाथ स्ट्रिमिङ हुन थालेको छ । यी एयरलाइन्सहरूबाट यात्रा गर्ने यात्रुले अब यो फिल्मलाई इन-फ्लाइट मनोरञ्जनका रूपमा हेर्न पाउनेछन् ।
‘राजागंज’ ले अन्तर्राष्ट्रिय एयरलाइन्सको प्रोग्रामिङमा पुगेर नेपाली फिल्मका लागि नयाँ बजार खोलिदिएको छ । निर्माता निरज श्रेष्ठ भन्छन्, “यो हाम्रो कथाहरूको उडान मात्रै होइन, ३० हजार फिटमा उड्ने विश्व दर्शकबीच पुग्ने नेपाली फिल्महरूको यात्रा शुरूवात पनि हो ।”
दीपक रौनियार निर्देशित यो फिल्मले अन्तर्राष्ट्रिय क्षेत्रमा सफलताको शृङ्खला कायम राखेको छ ।
गत वर्ष भेनिस फिल्म फेस्टिभलमा प्रिमियर भएको यो फिल्मले बुसान, सिड्नी, मुम्बई लगायत दर्जनौं प्रतिष्ठित महोत्सवमा नेपालको उपस्थिति जनाएको थियो ।
हालै मात्रै फिल्म फ्रान्समा ६२ वटा स्क्रिनमा एकैपटक वाइड रिलिज भएको थियो, जुन नेपाली सिनेमाका लागि विदेशमा भएको सबैभन्दा ठूलो प्रदर्शन हो । फ्रान्समा १७ हजार बढी दर्शकले यो फिल्म हेरेका थिए ।
यही महिना यो फिल्म बेलायतको मुख्य टेलिभिजन ‘च्यानल फोर’ मा समेत प्रदर्शन भएको थियो ।मुख्य भूमिकामा रहेकी आशा मगराती ले भर्खरै अमेरिकाको स्यान डिएगोमा उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् ।
जनकपुरमा खिचिएको क्राइम थ्रिलर जनराको यो फिल्म सत्य घटनाबाट प्रभावित छ । यसले दुई बच्चाको अपहरण मुद्दा अनुसन्धान र सुरक्षित रेस्क्यु अपरेसनका लागि काठमाडौंबाट पठाइएकी डिटेक्टिभ इन्स्पेक्टर पूजा थापा (आशा मगराती) लाई पछ्याउँछ । फिल्ममा निकिता चंडक, दयाहाङ राई, विजय बराल, रिचा शर्मा लगायतको अभिनय छ ।
नेपालमा सेन्सरसिपमा परेर आलोचना खेपे पनि ‘राजागंज’ फेरि नेपाली दर्शकमाझ फर्किन लागेको छ । निर्माता पूर्ण सिंह बराईली का अनुसार, नर्वेको ह्वाइट र्याबिट र अमेरिकाको किनेमामा दुई फ्युचरिस्टिक प्लेटफर्मबाट संसारभर यो डिजिटल रिलिजको तयारीमा छ, जसमा नेपाल पनि समावेश हुनेछ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना
समाचार२०८३ जेष्ठ १, शुक्रबार २०:२४५१ किलो अफिमसहित १ जना पक्राउ
समाचार२०८३ जेष्ठ १, शुक्रबार १८:५९धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
खेलकुद२०८३ जेष्ठ १, शुक्रबार १५:३६राखेपले फुकुवा गर्यो एन्फामाथिको निलम्बन









