एनपिएलः विराटनगरले जनकपुरविरुद्ध ब्याटिङ गर्दै

काठमाडौँ, ७ मङ्सिर । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटअन्तर्गत आज पहिलो खेलमा विराटनगर किङ्सले साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध ब्याटिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ राजेको हो । अनिल साहको कप्तानीमा रहेको जनकपुर पहिलो जितको खोजीमा छ । यसअघि जनकपुर पहिलो खेलमा काठमाडौँ गोर्खाजसँग ५ विकेटले पराजित भएको थियो ।
यस्तै सन्दीप लामिछानेको कतानीमा रहेको विराटनगर लगातार तेस्रो जितको पर्खाइमा छ । विराटनगरले यसअघि पहिलो खेलमा पोखरा एभेन्जर्स र दोस्रो खेलमा काठमाडौँलाई पराजित गरेको थियो ।
यस्तै आजै अपरान्ह ४ बजे दोस्रो खेल साविक उपविजेता सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच हुनेछ । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा यही मङ्सिर १ गते सुरू भएको प्रतियोगिता मङ्सिर २७ गतेसम्म चल्ने छ । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख ११, शुक्रबार २३:२१‘माया भनेकै यस्तो होला’ भदौ २६ मा रिलिज, रेखा थापाको निर्देशनमा कमब्याक
समाचार२०८३ बैशाख ११, शुक्रबार १९:२५अवकाशको उमेरहद् बढाइयो,सेवा प्रवेशको घटाइयो
स्वास्थ्य/जानकारी टिप्स२०८३ बैशाख ११, शुक्रबार ११:३८काउन्सिलले गर्याे १७ जना चिकित्सकको दर्ता खारेज
समाचार२०८३ बैशाख ११, शुक्रबार ०८:०५प्रदेश सूचना पुनरावेदन समितिको अध्यक्षमा धादिङका कृष्णराज अधिकारी नियुक्त








