जनतासँग मेयर स्वास्थ्य परिक्षण अन्तरगत धुवाँकोटका ६७८ जनाले लिए स्वास्थ्य सेवा

धादिङ, मङसिर ०८ गते ।
नीलकण्ठ नगरपालिका–१४, धुवाकोट स्वास्थ्य चौकीले समुदायमै पुगेर नागरीकको स्वास्थ्य परिक्षण गराउँदै आएको छ । बैशाखदेखि मंसिरसम्म ६७८ जनाले यो सेवा लिएका छन् । परीक्षण गरिएका व्यक्तिहरूमा उच्च रक्तचाप, मधुमेह र दमका समस्या बढी देखिएको स्वास्थ्य चौकीले स्वास्थ्य चौकीका प्रमुख रामकुमार कुवँरले जानकारी दिनुभयो ।
नागरीकको घरदैलोमा पुगेर जेष्ठ नागरिकदेखि गर्भवती, सुत्केरी र नवजात शिशुसम्मको स्वास्थ्य परीक्षण गर्दै आएको छ । २०८२ बैशाखदेखि शुरु गरिएको जनतासँग मेयर स्वास्थ्य परिक्षण कार्यक्रम अन्तर्गत महिनामा दुई दिन, तीन–तीन महिनामा पालो गरी स्वास्थ्यकर्मीहरू जनताको घरमा स्वयं पुगेर सेवा प्रदान गर्दै आएका छन्।
कार्यक्रमअन्तर्गत रक्तचाप, बिएमआइ (तौल–उचाइ), मधुमेह (सुगर) जाँच, पिसाब परीक्षण, निःशुल्क आवश्यक औषधि वितरण तथा परामर्श, सम्भावित क्षयरोगको खकार संकलन, गर्भवती–सुत्केरी तथा नवजात शिशुको स्वास्थ्य परीक्षण सेवा प्रदान गरिने कुवँरले बताउनुभयो।
धुवाकोट स्वास्थ्य चौकी गनेडाँडा क्षेत्रको कुल जनसङ्ख्या १,१५३ रहेको छ। कुल ३,४५९ जनसङ्ख्या भएको वडा नं १४ मा तीनवटा स्वास्थ्य संस्था संचालन छन् ।




लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना
समाचार२०८३ जेष्ठ १, शुक्रबार २०:२४५१ किलो अफिमसहित १ जना पक्राउ
समाचार२०८३ जेष्ठ १, शुक्रबार १८:५९धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
खेलकुद२०८३ जेष्ठ १, शुक्रबार १५:३६राखेपले फुकुवा गर्यो एन्फामाथिको निलम्बन








