२६ चलचित्रघरका प्रतिनिधिहरूलाई तालिम, चलचित्र विकास शुल्क पोर्टलको प्रयोग विधिबारे प्रशिक्षण

काठमाडौं। चलचित्र विकास बोर्डले चलचित्र क्षेत्रलाई प्रविधिमैत्री र पारदर्शी बनाउने उद्देश्यसहित सञ्चालन गरेको चलचित्र विकास शुल्क अभिमुखीकरण तथा तालिम अन्तर्गत मंसिर १ गतेबाट ७ गतेसम्म पहिलो चरणको प्रशिक्षण सफलतापूर्वक सम्पन्न गरिएको छ।
यो चरणमा लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश तथा बागमती प्रदेशको चितवन गरी देशभरका २६ वटा चलचित्रघरका प्रतिनिधिहरूलाई तालिम प्रदान गरिएको छ।
तालिममा सहभागीहरूलाई चलचित्र विकास शुल्क पोर्टल प्रयोग विधि, डेटा अभिलेखन र प्रतिवेदन निर्माण, शुल्कको एकीकृत रेकर्ड व्यवस्थापन, कार्यप्रणालीलाई सरल, व्यवस्थित र पारदर्शी बनाउने उपाय जस्ता विषयमा विस्तृत प्रशिक्षण दिइयो।
उक्त तालिम बोर्ड सदस्य गणेश प्रसाद सुवेदी, अधिकृत दिनेश बानियाँ, प्रविन पाण्डे तथा एष्टर इनोभेसन प्रा.लि. का प्रशिक्षक सेरफ लामाको टोलीले सञ्चालन गरेको थियो।
नेपाली चलचित्र क्षेत्रलाई अझ व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यसहित चलचित्र विकास बोर्डले यस आर्थिक वर्षलाई ‘दक्ष चलचित्रकर्मी, चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष’ घोषणा गरेको छ। सोही अभियानअन्तर्गत बोर्डले आफ्नै प्रमुख आयस्रोत चलचित्र विकास शुल्कलाई डिजिटल र अभिलेखिकृत रूपमा व्यवस्थापन गर्न बनाइएको चलचित्र विकास शुल्क पोर्टलको व्यापक अभिमुखीकरण तथा तालिम सुरु गरेको हो।
बोर्डले यो कार्यक्रममार्फत देशभरका सबै चलचित्रघरलाई अनलाइन प्रणालीमा दर्ता, शुल्क व्यवस्थापनमा दक्ष बनाइ चलचित्र क्षेत्रलाई आर्थिक पारदर्शिता, राजस्व संकलन तथा संरक्षण, र सुशासनका दिशामा अगाडि बढाउने भरपर्दो आधार तयार हुने विश्वास व्यक्त गरेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ पुष १२, शनिबार १९:२५एड्भान्स एकेडेमीका विद्यार्थी र अभिभावकको लागि सकारात्मक सोच र मनोपरामर्श कार्यक्रम
समाचार२०८२ पुष १२, शनिबार १८:३१निर्वाचन तयारीबारे छलफल गर्न एमालेले बोलायो सचिवालय बैठक
कला, विचार/मनोरञ्जन२०८२ पुष १२, शनिबार १५:५७‘कल्ली’को बलियो टिजरः सौगात र बेनिशाको देवता कि राक्षस ?
स्वास्थ्य/जानकारी टिप्स२०८२ पुष १२, शनिबार १५:१५बाल शल्य चिकित्सक संघको अध्यक्षमा थापा चयन, यस्तो बन्यो समिति…








