आज जन्मदिन पर्ने दर्शकका लागि विशेष उपहारः ‘मन बिनको धन’ निःशुल्क हेर्न पाउने

काठमाडौँ। देशभरका सिनेमाघरमा तेस्रो सातादेखि सफल प्रदर्शनमा रहेको परिवारिक चलचित्र ‘मन बिनको धन’ले आज जन्मदिन मनाउने दर्शकका लागि विशेष अफर घोषणा गरेको छ। चलचित्र टिमले नयाँ ‘ह्याप्पी बर्थडे’ गीत सार्वजनिक गर्दै जन्मदिनका दिन हलमा आएर चलचित्र हेर्ने दर्शकलाई टिकट रकम फिर्ता गरिने जानकारी दिएको हो।
बालगायक अशोक दर्जीको मुख्य भूमिका रहेको यस फिल्मको ‘ह्याप्पी बर्थडे’ गीतमा टंक बुढाथोकी, मेलिना राई, अन्नु चौधरी, अशोक दर्जी र एआर बुढाथोकीको स्वर रहेको छ। गीतका शब्द, संगीत तथा एरेन्ज सबै टंक बुढाथोकीकै हुन्।
निर्माता तथा निर्देशक बुढाथोकीका अनुसार “जन्मदिनलाई विशेष बनाउन दर्शकलाई हाम्रो तर्फबाट सानो उपहार” स्वरूप टिकट रकम फिर्ता गरिने हो। जन्मदिन पर्ने दर्शकले हलबाट टिकट काटेर चलचित्र हेरेपछि टिमलाई सम्पर्क गर्दा रकम फिर्ता पाउनेछन्।
लगातार सफल प्रदर्शनमा रहेको ‘मन बिनको धन’ले २० दिनमै तीन करोड ६० लाखभन्दा बढी व्यापार गरिसकेको निर्माण टिमले जनाएको छ। चलचित्रलाई देशभर सकारात्मक प्रतिक्रिया मिलिरहेको छ। विशेषगरी विद्यालयहरू आफ्ना विद्यार्थीलाई लिएर हलसम्म पुगिरहेका दृश्यहरू चर्चित बनेका छन्।
गुरु–शिष्य सम्बन्ध, पारिवारिक मूल्य, कर्तव्यबोध र शिक्षाको महत्वलाई समेटेको कथाले दर्शकलाई भावनात्मक रूपमा छोएको देखिन्छ। कलाकार अशोक दर्जीको वास्तविक जीवन घटनामा आधारित फिल्म हेरेपछि दर्शकले उनलाई अँगालो हालेर रुने दृश्यहरू सामाजिक सञ्जालमा भाइरल भएका छन्। स्कुले विद्यार्थीदेखि अभिभावक, युवा पुस्तादेखि ज्येष्ठ नागरिकसम्म सबै उमेरका दर्शक हलतिर आकर्षित भएका छन्। सअघि नै निर्माण टिमले देशभरका विद्यालयका विद्यार्थीलाई छुट दिने घोषणा गरिसकेको थियो।
चलचित्रमा अशोक दर्जीसँगै सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्दि तामाङ, रवीन्द्र झा, पार्वती अधिकारी, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, आर्यन पोखरेल, विजय डंगोललगायतका कलाकारको दमदार अभिनय छ।
टंक बुढाथोकीले लेखेको कथामा आधारित यस चलचित्रको पटकथा तथा संवाद शिवम अधिकारीले तयार गरेका हुन्। टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा बनेको फिल्मको निर्माण विष्णुमाया मैनालीले गरेकी हुन् भने कार्यकारी निर्मातामा मिनु शर्मा (सपना) छिन्। जी.पी. संग्रोला, विवेक नेपाल र बिजया पाण्डे सह–निर्मातामा रहेका छन्। फिल्ममा सौरभ लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी तथा मित्र डी. गुरुङको सम्पादन समावेश छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८२ फाल्गुन १०, आईतवार ०८:३३आज दुई खेल हुँदै « रिपोर्टर्स नेपाल
समाचार२०८२ फाल्गुन १०, आईतवार ०८:२४संखुवासभामा बिहानै भूकम्प
स्वास्थ्य/जानकारी टिप्स२०८२ फाल्गुन १०, आईतवार ०७:४६बजेट र जनशक्ति अभावले सञ्चालनमा आउन सकेन दोबागाउँ अस्पताल
समाचार२०८२ फाल्गुन १०, आईतवार ०७:२५दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई








