न्यु किबो बोर्डिङ र KP2 Japan बिचको शैक्षिक मेला कार्यक्रम सम्पन्न

धादिङ,१२ मंसिर
धादिङको न्यु किबो बोडिङ स्कुल र KP2 जापान बिच मंसिर ७ गतेबाट सुरु भएको शैक्षिक आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । ग्लोबलाईजेशन र कोलाब्रेसन गर्ने उदेश्यले शैक्षिक आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो । जापानको सोहायो जुनियर हाई स्कुलका पिई शिक्षक तथा किबो बोडिङका गेष्ट शिक्षक र पिकनिक सहितको हाईकिङ गतिविधिहरु सम्पन्न गराउनुको साथै भबिष्यमा पनि यसरी नै किबो बोडिङसंग सहकार्य जारी राख्ने प्रतिबद्धता भएको अतिरिक्त क्रियाकलाप संयोजक अनुप भट्टले जानकारी दिनुभयो ।

यसैगरी समापन कार्यक्रममा कार्यक्रमका सभापति तथा विद्यालयका प्रीन्सिपल प्रयास रेग्मीले ग्लोबलाईजेशनको समयमा विद्यार्थीहरुको विभिन्न आवश्यकतालाई प्राथमिकतामा राख्दै नेपाली विद्यार्थीलाई विश्व बजारमा परिचित गराउन यस्ता कार्यक्रमले सहजीकरण गर्ने बताउनुभयो । उहाँले आगामी दिनहरुमापनि जापान लगायत अन्य देशहरुसँग पनि सहकार्य गरेर शैक्षिक गतिविधिहरुलाई अझ प्रभावकारी र उदेश्यमुलक बनाउने बताउनुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८२ फाल्गुन ९, शनिबार २१:५७सहाराले १२ वर्षपछि चुम्यो आहा रारा गोल्डकपको उपाधि
समाचार२०८२ फाल्गुन ९, शनिबार २१:५२काठमाण्डौ र पोखरामा रहेका धादिङका मतदातासंग काँग्रेसका उम्मेद्वार धमलाको अन्तरक्रिया
समाचार२०८२ फाल्गुन ९, शनिबार २०:२३गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन ९, शनिबार २०:१९चलचित्र ‘जिरो डिग्री’मा विजयको अपोजिटमा सनिशा !







