लुम्बिनीमा २५ अर्वपतिहरू, विश्व शान्ति कार्यक्रम भव्य रूपमा तयारी हुँदै

काठमाडौँ। मंसिर २४, २५ र २६ गते लुम्बिनी विश्वव्यापी चर्चाको केन्द्र बन्ने भएको छ। बुद्ध जन्मभूमिमा आयोजना हुने ‘विश्व शान्ति कार्यक्रम’मा विभिन्न देशका २५ जना अर्वपतिहरू पहिलोपटक सहभागी हुने भएपछि कार्यक्रमप्रति उत्साह थपिएको छ।
कार्यक्रमकी मिडिया संयोजक सुलोचना खतिवडाका अनुसार तेस्रो संस्करणको यो ‘विश्व शान्ति कार्यक्रम’ले अन्तर्राष्ट्रिय स्तरमा प्रभावशाली व्यक्तित्वहरूको आकर्षक उपस्थिति पाउनेछ।
भारत केरलास्थित सिगल इन्टरनेशनल ग्रुपका अध्यक्ष डा. सुरेशकुमार मधुसुधन, स्वतन्त्र स्लोभेनियाका प्रथम प्रधानमन्त्री एवं पूर्व युरोपेली सांसद लोज्जे पिटरले, इथियोपियाका पूर्व प्रधानमन्त्री ताम्रत लेन, युएई–भारतका व्यवसायिक टाइकुन डा. सिद्दिक अहमदलगायतका प्रतिष्ठित व्यक्तिहरू कार्यक्रमका प्रमुख सहभागी सूचीमा छन्।
खतिवडाका अनुसार कार्यक्रममा १० हजारभन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ। नेपाल तथा विदेशका नेता, विज्ञ, संयुक्त राष्ट्रसंघका सांस्कृतिक दूत, अन्तर्राष्ट्रिय व्यवसायी, कलाकार, युवा तथा विभिन्न समुदायका प्रतिनिधिहरूको उपस्थिति रहनेछ। साथै लुम्बिनीमा रहेका चिनियाँ व्यापारी प्रतिनिधिमण्डलले पनि सक्रिय सहभागिता जनाउनेछ।
तीन दिनसम्म चल्ने कार्यक्रम शान्ति, जलवायु परिवर्तन, विकास, सामाजिक न्याय, आन्तरिक कल्याण, व्यावहारिक शान्ति निर्माण, नेतृत्व र स्थानीय शासनजस्ता विषयमा केन्द्रित रहनेछ। युवा, महिला, आदिवासी तथा सीमान्तकृत समुदायका आवाजलाई उजागर गर्दै समृद्ध र शान्तिपूर्ण भविष्यबारे बहस तथा संवाद सञ्चालन गरिने कार्यक्रम संयोजक शेखर गौतमले बताए।
यसैगरी, कार्यक्रममा सांस्कृतिक प्रस्तुति, संगीत तथा कलात्मक गतिविधिहरू समेत रहनेछन्, जसले लुम्बिनीलाई तीन दिनसम्म अन्तर्राष्ट्रिय सांस्कृतिक रंगमा रंगिनेछ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना
समाचार२०८३ जेष्ठ १, शुक्रबार २०:२४५१ किलो अफिमसहित १ जना पक्राउ
समाचार२०८३ जेष्ठ १, शुक्रबार १८:५९धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
खेलकुद२०८३ जेष्ठ १, शुक्रबार १५:३६राखेपले फुकुवा गर्यो एन्फामाथिको निलम्बन









