‘फ्यान चल्यो घामको धुपैमा’ रोमान्टिक उदय र बिना

‘फ्यान चल्यो घामको धुपैमा’ रोमान्टिक उदय र बिना

काठमाडौं । ‘केह दो’, ‘होना था जो’ लगायत करिब आधा दर्जन बलिउड गीतका गायक उज्वल बाबुको नेपाली गीत ‘फ्यान चल्यो घामको धुपैमा’ सार्वजनिक भएको छ । गीत गायनमा उज्वललाई ‘मेरो भ्वाइस युनिभर्स सिजन २’की प्रतियोगी गायिका जुनु प्रसाईले साथ दिएकी छन् ।

रोमान्टिक शैलीमा तयार गीतमा प्रेमीले प्रेमीलाई अहिले माया देखाएरपछि ल्याङल्याङ गर्दै धोका दिन नमिल्ने र जीवनभर साथ दिनुपर्ने आशय राखेका छन् । गीतमा शब्द, संगीत र एरेन्ज बाबुल गिरीको छ ।

गीतको आकर्षक भिडियो पनि बनेको छ । जसमा उदयराज गिरी र बिना राउत फिचर्ड छन् । गीतमा दुबैलाई रोमान्टिक प्रेम जोडीको रुपमा प्रस्तुत गरिएको छ । मोडल गिरी एनआरएन पोल्याडका २०२५ देखि २०२७ सम्मका लागि महासचिव हुन् ।

सुरेन्द्र बसेलको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा दिनेश पराजुलीको छायांकन र राकेश दाहालको सम्पादन छ । भिडियोलाई अनुराधा गिरी र मदन प्रसाईले निर्माण गरेका हुन् ।

गायक उज्वल नेपाली हुन् । बिगत ७ बर्षदेखि भारतमा रहेर निरन्तर संगीतमा क्रियासिल उनले थुप्रै हिन्दी गीतमा स्वर दिएका छन् । भारतमै २ बर्ष क्लासिकल र प्लेब्याक गायन कोर्ष गरेका उज्वलले म्युजिक उत्पादन तथा साउन्ड इन्जिनियरिङमा डिप्लोमा पनि गरेका छन् । भारतमै नेपाली डबिङ पनि गर्दै आएका उनी बलिउडका बिभिन्न शोसँग आवद्ध पनि छन् ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 7   +   9   =  

Protected by Spam Master