डोटीमा जन्ती बोकेको बोलेरो जिप दुर्घटना ६ जना घाइते

डोटी – डोटीमा जन्ती बोकेको बोलेरो जिप दुर्घटना भएको छ । डोटीको सायलबाट जन्ती लिएर महेन्द्रनगरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१च ४२५० नम्बरको बोलेरो जिप आज बिहान करिब १० बजे दुर्घटनामा परेको हो ।
डोटी प्रहरीका अनुसार सायल गाउँपालिका–४ खालीखोला बिहीबार बिहान बोलेरो जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
जिप दुर्घटना हुँदा आदर्श(७ की ५४ बर्सिया हरिदेवी कापडी, सायल(२ का ३१ वर्षका दिल्ली राज ओझा, ४० वर्षका भोजराज ओझा, भोजराजका ११ वर्षका छोरा आमत ओझा, सायल(४ का ४३ वर्षका टेकराज ओझा र चालक थापा घाइते भएको प्रहरीले बताएको छ । घाइते सबै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
जिप अनियन्त्रित भएर सडकबाट करिब ६० मिटर तल खसेको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ २, शनिबार १७:४२पश्चिम एसिया द्वन्द्व रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड
समाचार२०८३ जेष्ठ २, शनिबार १७:१५नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
खेलकुद२०८३ जेष्ठ २, शनिबार १२:२४साफ खेल्ने नेपाली टोलीको घोषणा,कप्तानीमा एञ्जिलाको पुनरागमन
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना








