धादिङबेशीका नेवार समुदायले मनाए यःमरी पुन्ही

धादिङबेसी,१८ मंसिर। नेवार समुदायको मौलिक पर्व यःमरी पुन्ही (योमरी पूर्णिमा) धादिङबेशीमा यस वर्ष पनि मनाइएको छ। झिंगुनेवा समाज धादिङको आयोजनामा बीचबजार चोकमा विविध कार्यक्रम, विशेष पूजापाठ तथा परिकार प्रदर्शनसहित पर्व सम्पन्न भयो।
झिंगुनेवा समाज धादिङका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार यस वर्ष बीचबजार चोकमा विभिन्न आकार–प्रकारका यःमरी तथा परम्परागत नेवारी परिकारहरू प्रदर्शनीमा राखिए। साथै गणेश, भीमसेन तथा राष्ट्रिय विभूति शंखधर साख्वाको सालिकमा विधिपूर्वक यःमरी अर्पण गरिएको छ।
श्रेष्ठले भने— “यःमरी पुन्ही धान भित्र्याएपछि ढुकुटीको पूजा गर्ने ’धान्ने पूर्णिमा’ हो। यही संस्कारलाई सामूहिक रूपमा मनाएर संरक्षण गर्दै आएका छौँ। आजबाट सुरु भएको पूजा र यःमरी बनाउने क्रियाकलाप वर्षभरिका चाडपर्व, व्रतबन्ध, जन्मदिनलगायत सबै शुभकार्यमा प्रयोग भइरहनेछ।”
‘दोस्रो नेवारी सडक नेवा खाना महोत्सव’ घोषणा
संस्कृति संरक्षण र स्वरोजगार प्रवद्र्धनलाई मुख्य एजेन्डा बनाउँदै समाजले मंसिर २६ र २७ गते धादिङबेशी सडकमा दोस्रो नेवारी सडक नेवा खाना महोत्सव (फुड फेस्टिबल) आयोजना गर्ने घोषणा गरेको छ।
अध्यक्ष श्रेष्ठका अनुसार— “महोत्सवले नेवार समुदायको पुरातन संस्कृतिको जगेर्ना मात्र होइन, स्थानीय महिला तथा युवाहरूलाई नेवारी परिकारमा तालिम दिएर स्वरोजगार बन्न प्रेरित गर्नेछ।”
महोत्सवमा मौलिक नेवारी परिकार, सांस्कृतिक प्रस्तुति, जातीय भेषभूषा झल्काउने नृत्य तथा गीतहरूको आकर्षक प्रदर्शन रहनेछ।
अन्त्यमा अध्यक्ष श्रेष्ठले धादिङबेशीसहित सबै नेपालीहरूलाई संस्कृति, व्यापार र रोजगारी प्रवद्र्धन गर्ने यस अभियानमा सहभागी हुन हार्दिक आह्वान गरे।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ २, शनिबार १७:४२पश्चिम एसिया द्वन्द्व रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड
समाचार२०८३ जेष्ठ २, शनिबार १७:१५नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
खेलकुद२०८३ जेष्ठ २, शनिबार १२:२४साफ खेल्ने नेपाली टोलीको घोषणा,कप्तानीमा एञ्जिलाको पुनरागमन
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना








