पौष १३ देखि १७ गतेसम्म २७ औँ पोखरा सडक महोत्सव आयोजना हुने

पोखरा । पोखराको पर्यटन क्षेत्रलाई सक्रिय बनाउँदै आएको बहुचर्चित पोखरा सडक महोत्सव आगामी पौष १३ देखि १७ गतेसम्म लेकसाइड क्षेत्रमा भव्य रूपमा आयोजना हुने भएको छ। रेवान पोखरा (REBAN Pokhara) ले निरन्तर २६ वर्षदेखि सञ्चालन गर्दै आएको यो महोत्सव यस वर्ष २७ औँ संस्करणमा प्रवेश गर्दैछ।
पर्यटन राजधानी पोखरा र यसको आर्थिक–सांस्कृतिक जीवन्ततामा महत्वपूर्ण योगदान दिंदै आएको सडक महोत्सव नेपालकै सबैभन्दा ठूलो खुला सडक आयोजना मध्ये एक मानिन्छ। आयोजकका अनुसार महोत्सवमा यस वर्ष पनि लाखौँ स्थानीय, स्वदेशी तथा विदेशी पर्यटक आकर्षित हुने अपेक्षा गरिएको छ।
‘सडकमै खाऊँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने नारासहित आयोजना हुँदै आएको महोत्सवले पोखरालाई पछिल्ला वर्षहरूमा अङ्ग्रेजी नयाँ वर्ष मनाउने प्रमुख गन्तव्य (Destination for English New Year) का रूपमा स्थापित गर्न सफल भएको रेवान पोखराले जनाएको छ।
पहिले भारतको गोवा वा थाइल्यान्डको समुद्र किनारमा नयाँ वर्ष मनाउने चलनलाई यस महोत्सवले बिस्तारै पोखरातर्फ मोड्न महत्वपूर्ण भूमिका खेलेको आयोजकको दाबी छ।
कोरोना महामारी, आर्थिक चुनौती र राजनीतिक अस्थिरताका कारण लामो समय प्रभावित बनेको नेपालको पर्यटन क्षेत्रमा पुनः चहलपहल ल्याउन महोत्सव प्रभावकारी हुने विश्वास रेवान पोखराले व्यक्त समेत गरेको छ। “पोखरा सुरक्षित छ, खुला छ” भन्ने सन्देश विश्व समुदायमा पुर्याउन महोत्सवले सहायक भूमिका खेल्ने आयोजकहरूको भनाइ छ।

महोत्सवमा यस वर्ष विविध सांस्कृतिक, मनोरञ्जनात्मक र खेलकुद कार्यक्रम समेटिएका छन्। प्रमुख आकर्षणहरू यस प्रकार छन्:
सांस्कृतिक विविधता: विभिन्न जातजातिका परम्परागत नृत्य, भेषभूषा, हस्तकला तथा सांस्कृतिक प्रदर्शन
फूड फेस्टिवल: नेपाली तथा अन्तर्राष्ट्रिय स्वादका स्ट्रीट फुडको विशेष प्रदर्शनी
मनोरञ्जन: राष्ट्रिय कलाकारहरूको लाइभ कन्सर्ट, लोक–दोहोरी प्रस्तुति
खेलकुद: फेवा तालमा बोट रेस, वेटर रेस, टग अफ वार तथा अन्य रमाइला गतिविधि
शैक्षिक कार्यक्रम: पोखराको पर्यटन अवसर र चुनौतीबारे ‘टक शो’, फोटोग्राफी प्रदर्शनी
यो वर्षको महोत्सवका मुख्य प्रायोजक गोर्खा ब्रुअरी प्रा.लि. रहेका छ। सह–प्रायोजकमा यति डिस्टिलरी प्रा.लि., बोटलर्स नेपाल (तराई) लि. र नेपाल डिस्टिलरी प्रा.लि. छन्। बैंकिङ पार्टनरको रुपमा सिद्धार्थ बैंक लि. रहेको छ।
महोत्सवमा गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, पोखरा पर्यटन परिषद पोखरा भ्रमण वर्ष २०२५ तथा विभिन्न निजी क्षेत्रका संस्थाहरूको सहयोग रहनेछ।
रेवान पोखराका संयोजक तथा प्रथम उपाध्यक्ष वसन्त गौतमले पोखरा सडक महोत्सव केवल मनोरञ्जनात्मक कार्यक्रम मात्र नभई पोखराको आर्थिक सशक्तिकरण, ब्रान्ड प्रमोशन र अन्तर्राष्ट्रिय पहिचान विस्तारमा पनि महत्वपूर्ण माध्यम रहेको बताए।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ २, शनिबार १७:४२पश्चिम एसिया द्वन्द्व रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड
समाचार२०८३ जेष्ठ २, शनिबार १७:१५नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
खेलकुद२०८३ जेष्ठ २, शनिबार १२:२४साफ खेल्ने नेपाली टोलीको घोषणा,कप्तानीमा एञ्जिलाको पुनरागमन
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना








