नेक्स्ट मोडल्सद्वारा ‘मिस नेपाल पिस’ को नयाँ संस्करण घोषणा, डिसेम्बर २० बाट अडिसन

नेक्स्ट मोडल्सद्वारा ‘मिस नेपाल पिस’ को नयाँ संस्करण घोषणा, डिसेम्बर २० बाट अडिसन

काठमाडौँ । नर्सहरूको नेतृत्व क्षमता विकास गर्दै व्यक्तित्व निखार्ने उद्देश्यका साथ ‘मिस नेपाल पिस’ प्रतियोगिताको नयाँ संस्करण सुरु गरिएको छ । आयोजक संस्था नेक्स्ट मोडल्स नेपालले बिहीबार विज्ञप्ति जारी गर्दै प्रतियोगिताको अडिसन सम्बन्धी जानकारी सार्वजनिक गरेको हो ।

केही समयदेखि खुला गरिएको आवेदनअनुसार प्रतियोगिताको छनोट चरणको अडिसन डिसेम्बर २० गतेदेखि सुरु हुनेछ । प्रतियोगितामा १७ देखि २८ वर्षसम्मका नर्स तथा नर्सिङ अध्ययनरत युवतीहरूले सहभागिता जनाउन सक्नेछन् । प्रतियोगिताको आवेदन फारम ‘खल्ती’ एपमार्फत उपलब्ध रहेको छ । अडिसनको समय र स्थानबारे भने केही दिनभित्र जानकारी दिने आयोजकले जनाएको छ ।

एनक्लेकेस् नेपाल मुख्य प्रयोजक रहेको यस प्रतियोगितामा शीर्ष विजेताले नगद एक लाख रुपैयाँका साथै थाइल्याण्डमा सन् २०२६ मा आयोजना हुने ‘मिस ग्लोबल’, चीनमा हुने ‘मिस वर्ल्ड पिस’ र भियतनाममा आयोजना हुने ‘मिस प्लानेट इन्टरनेसनल’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछिन् । साथै, पाँच लाख रुपैयाँ बराबरका विभिन्न उपहार पनि जित्न सक्नेछन् ।

‘सशक्त महिला, सबल राष्ट्र’ भन्ने नाराका साथ आयोजना हुँदै आएको ‘मिस नेपाल पिस’ नर्सहरूको मात्र सहभागिता रहने स्वास्थ्य पेसासँग सम्बन्धित एकमात्र सामाजिक सौन्दर्य प्रतियोगिता हो । देशभरका नर्स तथा नर्सिङ कलेजमा अध्ययनरत युवतीहरू यसमा सहभागी हुन सक्नेछन् । छनोट चरणबाट छानिएका प्रतियोगीहरूलाई विभिन्न तालिम तथा प्रशिक्षण दिएर अन्तिम प्रतिस्पर्धाका लागि तयार पारिने आयोजकले जनाएको छ ।

आयोजक संस्था नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाका अनुसार प्रारम्भिक चरणमै देशभरका करिब चार दर्जन नर्सिङ कलेज तथा एक सयभन्दा बढी अस्पतालमा कार्यरत नर्सहरूको उत्साहजनक सहभागिता रहने अपेक्षा गरिएको छ ।

अन्तर्राष्ट्रिय स्तरमै शान्तिको सन्देश फैलाउँदै नर्सिङ पेसामा आबद्ध युवतीहरूलाई पेसा र समाजप्रति थप जिम्मेवार बनाउने उद्देश्यले यस प्रतियोगिताको आयोजना हुँदै आएको आयोजकको भनाइ छ ।

यो पनि पढ्नुहोस् :  ‘गौँथली’ को पोस्टरमा अरुण र सिम्रनको विवाह

प्रतियोगिताका अन्तिम चरणका प्रतिस्पर्धीलाई सञ्चार कला, व्यक्तित्व विकास, मोटिभेसन, लिडरसिप, ड्रेस सेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिलिङ लगायतका विषयमा विशेष प्रशिक्षण दिइने नेक्स्ट मोडल्स नेपालकी प्रबन्ध निर्देशक यतना पाण्डेले जानकारी दिइन् । प्रतियोगितामा विभिन्न आधा दर्जन उपविधामा पनि विजेता चयन गरिनेछ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 3   +   2   =  

Protected by Spam Master