‘द ब्ल्यू लाइट’को नयाँ पोस्टर सार्वजनिक, तीन अवतारमा बेनिशा

काठमाडौं । पुस १० गतेबाट प्रदर्शनमा आउन लागेको सायकोलोजिकल थ्रिलर चलचित्र ‘द ब्ल्यू लाइट’ले आफ्नो नयाँ पोस्टर सार्वजनिक गरेको छ। सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य तीन पात्रलाई स्थान दिइएको छ, जसको केन्द्रमा अभिनेत्री बेनिशा हमाल आकर्षण बनेकी छन्।
पोस्टरमा बेनिशा तीन फरक–फरक भाव र अवस्थामा प्रस्तुत भएकी छन्। सबैभन्दा ठूलो आकृतिमा उनी उज्यालो मुस्कानसहित देखिएकी छन्, जहाँ उनको अनुहार मात्रै प्रस्ट देखिन्छ। यो अवतारले उनको जीवनप्रतिको आशावाद झल्काउँछ।
त्यसैगरी, अर्को लुक्समा उनी सिगरेट हातमा समातेर रेलिङमा अडेस लाग्दै तनावग्रस्त मुद्रामा देखिन्छिन्। उनका हातका पाँचै औँलामा औंठी देखिन्छन् भने एउटै औँलामा दुईवटा औँठीले उनको चरित्रको गहिरो संकेत दिन खोजिएको छ।
तेस्रो दृश्यमा बेनिशा अभिनेता महेश त्रिपाठीसँग टेबुलमा आमनेसामने बसेको अवस्थामा देखिन्छिन्। उनीहरूबीच केही महत्वपूर्ण संवाद भइरहेको अनुमान पोस्टरले गराउँछ।
पोस्टरमा बाल कलाकार ग्रिस्मा कटुवाललाई पनि स्थान दिइएको छ, जहाँ उनी आँसु भरिएका आँखासहित रोइरहेको अवस्थामा देखिन्छिन्। पोस्टरभरि छाएको निलो रङले चलचित्रको शीर्षक ‘द ब्ल्यू लाइट’सँगै कथाको भावनात्मक उतार–चढावलाई संकेत गरेको छ। समग्रमा पोस्टरले आशा र निराशाबीचको संघर्षपूर्ण जीवनकथालाई झल्काउने प्रयास गरेको देखिन्छ।
बलिराम चौहानको निर्देशनमा बनेको यो चलचित्र उनको डेब्यु निर्देशन हो। फिल्ममा बेनिशा हमाल, अर्पण थापा, आयुसमान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी र सुरक्षा इटानीको मुख्य भूमिका रहेको छ। बाल कलाकारको रूपमा ग्रिस्मा कटुवाल र सहारा शर्मा छन्।
स्काइफल पिक्चर्स प्रस्तुतिमा बनेको चलचित्रका को–प्रोड्युसर रमन ग्रे हुन्। छायांकन नरेन्द्र मैनालीले गरेका छन् भने आकाश उखेडा मुख्य सहायक निर्देशक, रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन १९, मंगलवार १६:४७काठमाडौँबाट ७ लाख ५० हजारभन्दा बढी मानिस बाहिरिए
समाचार२०८२ फाल्गुन १९, मंगलवार १४:०९राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने
समाचार२०८२ फाल्गुन १९, मंगलवार ०७:५६भुल्केगाउँका स्थानीयको पानीको समस्या अन्त्य
स्वास्थ्य/जानकारी टिप्स२०८२ फाल्गुन १९, मंगलवार ०७:४६एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा








