अमेरिकाको प्रतिष्ठित म्युजियम अफ द मुभिङ इमेजमा ‘एक्लो’ को ऐतिहासिक प्रिमियर

काठमाडौँ। नेपाली फिचर फिल्म ‘एक्लो’ ले अन्तर्राष्ट्रिय स्तरमा एक महत्वपूर्ण उपलब्धि हासिल गर्दै अमेरिकाको न्युयोर्कस्थित विश्वप्रसिद्ध म्युजियम अफ द मुभिङ इमेज (Museum of the Moving Image) मा ऐतिहासिक प्रिमियर गर्न लागेको छ। यो स्थानमा यसअघि हलिउडका केही विशिष्ट फिल्महरू र विश्वप्रसिद्ध कलाकारहरूको मात्र प्रिमियर हुँदै आएको छ।
यहाँ क्रिस्टोफर नोलनका विशेष फिल्म, मार्टिन स्कोर्सेजीका कृतिहरू, मार्वेल स्टुडियोजका बिशेष प्रोजेक्टहरू, साथै ब्राड पिट, लियोनार्डो डिक्याप्रियो, टम ह्याङ्क्स, मेरिल स्ट्रीप जस्ता अन्तर्राष्ट्रिय स्टारसँग सम्बन्धित विशेष स्क्रिनिङ र प्रिमियर भइसकेका छन्। यस्तो विश्वस्तरीय मञ्चमा अब पहिलो पटक नेपाली चलचित्रको औपचारिक प्रिमियर हुन गइरहेको हो। ‘एक्लो’ को अमेरिका प्रिमियर डिसेम्बर २८ तारिखको दिन हुने तय भएको छ।
यसअघि उक्त स्थानमा नेपाली मात्र होइन, बलिउड सिनेमाको समेत प्रिमियर नभएको इतिहास रहेको छ। ‘एक्लो’ ले त्यो इतिहास तोड्दै नेपाली चलचित्रको गुणस्तर र अन्तर्राष्ट्रिय पहुँचलाई नयाँ उचाइमा पुर्याएको छ। यो नेपाली फिल्म उद्योगका लागि गौरवको विषय मानिएको छ।
यो ऐतिहासिक प्रिमियरमा चलचित्रका निर्देशक प्रदीप शाही, अभिनेता प्रदीप खड्का, विजय लामा, अभिनेत्री वेनिशा हमाल, तथा कविता नेपाली स्वयं उपस्थित रहनेछन्। निर्देशक शाहीका अनुसार म्युजियम अफ द मुभिङ इमेजको हलमै फिल्म प्रदर्शन हुनु नेपाली सिनेमाका लागि ठूलो सम्मानको कुरा हो।
साइन्स–फिक्सनमा आधारित ‘एक्लो’ आगामी पुस १७ गतेदेखि नेपालसहित विश्व बजारमा प्रदर्शनमा आउने तयारीमा छ। निर्देशक प्रदीप शाही बेलायतमा बसेर फिल्म निर्माणमा सक्रिय छन् र ‘एक्लो’ उनको तेस्रो निर्देशन हो। हलिउडस्तरको भिजुअल, प्रविधि र कथा प्रस्तुत गर्ने लक्ष्यसहित उनी यो फिल्म निर्माणमा जुटेका हुन्।
चलचित्रमा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ, बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंह लगायतका कलाकारको अभिनय रहेको छ। साथै बेलायती अभिनेता जेमी बेकनको समेत महत्वपूर्ण भूमिका समावेश गरिएको छ।
एनआरएन समूहको लगानीमा निर्माण भएको यस चलचित्रका कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन्। छायाङ्कन बाबु श्रेष्ठ, द्वन्द्व निर्देशन राजु तामाङ, सेट डिजाइन राजु पेन्टर, कला निर्देशन सन्तोष लामा र प्रोडक्सन डिजाइन द्रोणप्रसाद पौडेल ‘ठेउके’ ले सम्हालेका छन्।
विश्वस्तरीय हलिउड प्रिमियर हुने थलोमै ‘एक्लो’ले यात्रा थाल्नु नेपाली चलचित्रको अन्तर्राष्ट्रिय पहिचान विस्तारको दिशामा ऐतिहासिक कदमका रूपमा हेरिएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना
समाचार२०८३ जेष्ठ १, शुक्रबार २०:२४५१ किलो अफिमसहित १ जना पक्राउ
समाचार२०८३ जेष्ठ १, शुक्रबार १८:५९धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
खेलकुद२०८३ जेष्ठ १, शुक्रबार १५:३६राखेपले फुकुवा गर्यो एन्फामाथिको निलम्बन









