हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित

मकवानपुर– हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी हेटौँडा बजार एवम् सामरी, चौकीटोल, रातोमाटे र राप्तीरोड सडकमा आजदेखि दोस्रो चरणको सडक विस्तार कार्यलाई अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको हो ।
डिभिजन सडक कार्यालयका प्रमुख गुरुप्रसाद अधिकारीले सर्वोच्च अदालतको उत्प्रेषण आदेशको पालना गर्दै थप सडक विस्तार गर्ने कार्यलाई आजदेखि स्थगित गरिएको बताउनुभयो ।
यसअघि सडक विभागले शनिबार त्रिभुवन राजपथको सामरी, चौकीटोल हुँदै रातोमाटे हेटौँडा बजारका साथै राप्तीरोडतर्फका ५३१ घरटहरा स्काभेटर प्रयोग गरी भत्काउन सुरु गरेको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन १८, सोमबार २०:०३आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन १८, सोमबार १९:२१दाईभाईको कथा चलचित्र ‘हामी तीन भाई’ को टिजर सार्वजनिक
समाचार२०८२ फाल्गुन १८, सोमबार १५:५७मतदान सामग्री सहित टाढाका मतदान स्थलमा खटाइयो कर्मचारी
समाचार२०८२ फाल्गुन १८, सोमबार ०७:३९आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द







