चालिसे दुर्घटना अपडेट : १ को मृत्यु, ५ जनाको उपचार हुँदै ६४ जनाको डिस्चार्ज

चालिसे दुर्घटना अपडेट : १ को मृत्यु, ५ जनाको उपचार हुँदै ६४ जनाको डिस्चार्ज

धादिङबेशी,  २१ मंसिर । धादिङको धुनिबेशी नगरपालिका–६, चालिसे स्थित पृथ्वी लोकमार्गमा शनिबार भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने करिब ७० जना घाइते भएका छन् । काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको NL ०१ AB ४६५४ नम्बरको भारतीय कन्टेनरले सोहि दिशा तर्फ जादै गरेको बा.९५ प ३०७ नम्बरको मोटरसाईल समेतलाई एक्कासी ठक्कर दिदा ७ वटा सवारी साधन एकैपटक दुर्घटनामा परेका थिए ।

काठमाण्डौ बाट मुग्लिन तर्फ जादै गरेको एन एल १ एवी ४६५४ नम्बरको भारतीय कन्टेनर,काठमाण्डौ बाट गजुरी तर्फ जाँदै गरेको बा ९५ प ३०७ नम्बरको मोटरसाईकल,पोखरा बाट काठमाण्डौ तर्फ जाँदै गरेको बा १ प ९१७ नम्बरको पर्यटक बस, गोरखा बाट काठमाण्डौ तर्फ जाँदै गरेको ग १ ख ८५५ नम्बरको यात्रुबहाक बस, काठमाण्डौ बाट मुग्लिन तर्फ जाँदै गरेको जिजे ४ एजेठ ३२३१ नम्बरको ईन्डियन यात्रुबहाक बस, काठमाण्डौ बाट चितवन तर्फ जाँदै गरेको बा प्र. ०६–००१ ग ००११ नम्बरको सेकेण्डरी स्कुल रेडक्रसग्राम कालिका ६ को स्कुल बस र काठमाण्डौ बाट गजुरी तर्फ जाँदै गरेको ना ४ ख ७१५ नम्बरको ट्रक एकै पटक दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परि मोटरसाईकल चालक रौतहट जिल्ला यमुनामाई गाउँपालिका वडा न २ स्थायी ठेगाना भई हाल थाक्रे गाउँपालिका वडा न ६ महादेवशेी बस्ने सेख अलि एसको उपचारको क्रममा त्रिवी शिक्षण अस्पताल महाराजगंजमा मृत्यू भएको छ । निजको आईतबार पोष्टमार्टम भएको प्रहरीको भनाई छ ।
दुर्घटनामा भारतीय कन्टेनर, मोटरसाइकल, यात्रुवाहक बस, मिनिबसलगायत ७ वटा सवारी साधन क्षतिग्रस्त भएका छन् ।

हालसम्म दुर्घटनामा परेका ६४ जनाको डिस्चार्ज भई घर फर्किएको र ५ जनाको अहिले पनि राष्ट्रिय ट्रमा सेन्टर काठमाण्डौमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । हाल ट्रमा सेन्टरमा उपचारार्थ भारतीय कन्टेनर चालक भारत धराम,पर्सा मन्जाघाट गोपालगन्ज बस्ने रावी आलमको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । त्यस्तै काठमाण्डौ तारकेश्वर न.पा. ४ बस्ने सिता पोखरेल,सोहि स्थान बस्ने आश्विन प्रजा,राधिका चेपाङ र सिर्जना अछामीको ट्रमा सेन्टरमा उपचार भैरहेको छ ।उनिहरुको अवस्था मध्यम रहेको प्रहरीको भनाई छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 3   +   9   =  

Protected by Spam Master