सरकार र दुर्गा प्रसाईं नेतृत्व अभियानबीच वार्ता

काठमाडौँ- सरकारले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानसँगको संवादलाई निरन्तरता दिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा जारी बार्तामा अभियानले यसअघि राखेको २७ बुँदे मागकाका सम्बन्धमा बुँदागत रुपमा छलफल भइरहेको बताइएको छ ।
विशेषगरी वर्तमान शान्ति–सुरक्षा अवस्था, राष्ट्रियता तथा धार्मिक स्वतन्त्रताका मुद्दाहरूमा छलफल भइरहेको अभियानका नेताले जानकारी दिएका छन् ।
वार्तामा सरकारका तर्फबाट प्रधानमन्त्री शुशिला कार्कीसहित गृहमन्त्री ओमप्रकाश अर्याल र प्रधानमन्त्रीका सचिवालयका पदाधिकारीहरुको उपस्थिति रहेको छ । त्यसै गरी अभियानका तर्फबाट संयोजक दुर्गा प्रसाईंले नै नेतृत्व गर्नु भएको छ ।
प्रसाईंको अभियानले आफ्नो मागपत्रमा नेपालको वर्तमान संविधानलाई पूर्णरुपमा खारेज गरी नयाँ संविधान निर्माण गर्ने, राष्ट्रपतिको सट्टा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख प्रणाली लागू गर्ने, राजसंस्था, हिन्दु राज्य लगायतका मागहरू समावेश छन् ।
मुख्य राजनीतिक दलहरुले शान्तिपूर्ण र भय राहित निर्वाचनको बातावरण सुनिश्चित गर्न सरकारलाई आग्रह गरिरहेका बेला सरकारले अभियानसँगको बार्तालाइ निरन्तरता दिएको हो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ पुष १२, शनिबार ०९:२६स्वामी परमानन्द सरस्वतीको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन
समाचार२०८२ पुष ११, शुक्रबार १९:४९नौ जिल्लामा इलाका प्रशासन कार्यालय स्थापना गर्ने मन्त्रिपरिषद बैठकको निर्णय
समाचार२०८२ पुष ११, शुक्रबार १८:२८छिमेकी र अन्य देशहरूसँग आवश्यक सहकार्य हुन्छ : नवनियुक्त मन्त्री शर्मा
कला, विचार/मनोरञ्जन२०८२ पुष ११, शुक्रबार १४:५७दिनेश डिसी र दीपाश्रीद्धारा छैटौँ रश्मिलाज फेसियल हाउस हात्तिगौडा शाखा उद्धघाटन








