गंगाजमुना ५ स्थित कुवापानी आधारभूत विद्यालयको ३३ औँ अभिभावक दिवस सम्पन्न, शैक्षिक र भौतिक प्रगतिमा जोड

गंगाजमुना ५ स्थित कुवापानी आधारभूत विद्यालयको ३३ औँ अभिभावक दिवस सम्पन्न, शैक्षिक र भौतिक प्रगतिमा जोड

धादिङबेशी, २२ मंसिर। गंगाजमुना गाउँपालिका वडा नं. ५ मा रहेको कुवापानी आधारभूत विद्यालयको ३३ औँ अभिभावक दिवस समारोह भव्यताका साथ सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सक बहादुर गुरुङको सभापतित्वमा भएको उक्त कार्यक्रममा गंगाजमुना गाउँपालिकाका अध्यक्ष भक्तबहादुर लामाको प्रमुख आतिथ्यता तथा गाउँपालिका उपाध्यक्ष रामेश्वर सिंखडा, गाउँपालिकाका प्रवक्ता तथा वडा न ५ का वडा अध्यक्ष कुमार अधिकारी  तथा शिक्षा अधिकृत मान बहादुर बोहोरा लगाएतको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा गङ्गाजमुना गाउँपालिकाका अध्यक्ष भक्त बहादुर लामाले वडा नं. ५ मा अवस्थित कुवापानी आधारभूत विद्यालयको ३३ औँ अभिभावक दिवस समारोहलाई सम्बोधन गर्दै विद्यालयलाई ’महामन्दिर’ को संज्ञा दिनुभएको छ । उहाँले विभिन्न धर्मावलम्बीहरूका लागि विद्यालय साझा थलो भएको उल्लेख गर्दै शैक्षिक उत्थानका लागि सबैको सहयोग र एकता अपरिहार्य रहेको बताउनुभयो ।उहाँले विद्यालयमा लेखिएको उद्धरण “सेवा गर्ने हात भोजन गराउने ओठभन्दा पवित्र हुन्छ” लाई जोड्दै दान गर्नेहरूलाई कहिल्यै हानि नहुने भन्दै दाताहरुलाई धन्यावाद प्रकट गर्नुभएको थियो ।

त्यसैगरी गाउँपालिकाका उपाध्यक्ष रामेश्वर सिंखडाले वार्षिकोत्सवलाई विगतको कार्यप्रगतिको समीक्षा र आगामी कार्ययोजना निर्माण गर्ने अवसरको रूपमा व्याख्या गर्नुभयो । गाउँपालिकामा रहेका ४२ वटा विद्यालयहरूमध्ये कुवापानी आधारभूत विद्यालय पनि एक भएको बताउँदै उपाध्यक्ष सिंखडाले स्रोत र साधन सीमित भए पनि गाउँपालिकाले शिक्षाको उत्थान र भौतिक संरचना निर्माणमा सक्दो सहयोग गरिरहेको जानकारी गराउनुभयो । उपाध्यक्ष सिंखडाले अभिभावकहरूको सक्रिय सहभागिताको प्रशंसा गर्दै भविष्यमा यो विद्यालय गंगाजमुनाकै नमुना शैक्षिक र उदाहरणीय भौतिक संरचना भएको विद्यालय बन्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै शिक्षा अधिकृत मान बहादुर बोहोराले विद्यालयले शैक्षिक तथा भौतिक दुवै क्षेत्रमा निरन्तर राम्रो प्रगति गरिरहेकोमा खुसी व्यक्त गर्नुभयो । “यो विद्यालयले निरन्तर रूपमा अहिले शैक्षिक रूपमा लगायत भौतिक रूपमा पनि राम्रो प्रगति गरिरहेको छ। यो विद्यालय यो वडाको उत्कृष्ट विद्यालय बन्न सकोस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु,“ उहाँले भन्नुभयो ।  शिक्षा अधिकृत बोहोराले वडास्तरीय सांस्कृतिक कार्यक्रम आयोजना गरी विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गर्ने मौका दिएकोमा वडा सरकारलाई धन्यवाद दिँदै वडा नं. ५  ले अतिरिक्त क्रियाकलापमा महत्वपुर्ण कार्य गर्दै आएको बताउनुभयो ।

बार्षिक उत्सवको अवसरमा बिद्यालयमा नृत्य प्रतियोगिता समेत सम्पन्न गरेको छ । वडा स्तरिय कक्षा ४ र ५ को नृत्य प्रतियोगितामा ढाँडखर्क आ.वि.का सरस्वती गुरुङ र एरिना गुरुङ प्रथम,मण्डली माविका निरुषा अधिकारी र एन्जिला बिक द्धिप्तीय, अन्नपुर्ण आविका संगम थापा मगर र रोशनी बिक तृतिय र हिलेपोखरी आविका समिता थापा र सन्धा भण्डारीले सान्त्वना स्थान हासिल गरेको थिए ।

त्यसैगरी कक्षा ३ तर्फ हिलेपोखरी आविका अस्मिता गुरुङ प्रथम,कालिकादेवी आ.विका रियाशा थापा दोस्रो,अन्नपुर्ण आविका इशा बिक तृतिय र सरस्वती आविका शिवानी घलेले सान्त्वना स्थान हासिल गरेको थिए । कार्यक्रममा बिभिन्न बिद्याका खेलकुद प्रतियोगिताको पुरस्कार बितरण तथा दानदाताहरुलाई सम्मान समेत गरिएको थियो ।

गंगाजमुना ५ स्थित कुवापानी आधारभूत विद्यालयको ३३ औँ अभिभावक दिवस सम्पन्न, शैक्षिक र भौतिक प्रगतिमा जोड

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 7   +   8   =  

Protected by Spam Master