सञ्चारमन्त्री खरेलसँग भारतीय अतिरिक्त सचिवको शिष्टाचार भेट

काठमाडौँ-सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले आज शिष्टाचार भेट गर्नुभएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सिंहदरबारमा भएको भेटमा उहाँहरूबीच नेपाल र भारतबीचको सम्बन्ध, द्विपक्षीय सहकार्य, वर्तमान अवस्था तथा नेपालको वर्तमान सरकारको प्राथमिकताका सम्बन्धमा छलफल भएको थियो ।
मन्त्री खरेलले नेपालको वर्तमान परिस्थितिको बारेमा बताउनुको साथै सरकारले तोकिएको मितिमा स्वतन्त्र र निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने तथा सुशासन कायम गर्ने विषयलाई प्राथमिकतामा राखी काम गरिरहेको उल्लेख गर्नुभयो । साथै मन्त्री खरेलले उक्त भेटमा नेपाल र भारतबीचको सम्बन्ध, नेपालमा भारत सरकारका तर्फबाट सूचना प्रविधिको क्षेत्रमा प्राप्त सहयोगका लागि आभार व्यक्त गर्नुभएको मन्त्री खरेलको सचिवालयले जनाएको छ ।
अतिरिक्त सचिव महावीरले नेपालमा भारत सरकारले निरन्तर सहयोग गर्दै आइरहेको तथा भारत सरकार नेपालले तय गरेको प्राथमिकताका क्षेत्रमा सहयोग गर्न तत्पर रहेको जानकारी गराउनुभएको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ पुष १२, शनिबार २१:१५उत्पादन, प्रशोधन र बजारीकरणमा जोड दिँदै आँकुरा कृषि सहकारी
समाचार२०८२ पुष १२, शनिबार १९:२५एड्भान्स एकेडेमीका विद्यार्थी र अभिभावकको लागि सकारात्मक सोच र मनोपरामर्श कार्यक्रम
समाचार२०८२ पुष १२, शनिबार १८:३१निर्वाचन तयारीबारे छलफल गर्न एमालेले बोलायो सचिवालय बैठक
कला, विचार/मनोरञ्जन२०८२ पुष १२, शनिबार १५:५७‘कल्ली’को बलियो टिजरः सौगात र बेनिशाको देवता कि राक्षस ?






