धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण

धादिङ,२४ मंसिर
दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १० स्थि चेपाङ समुदाय अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरीएको छ। धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा बुधबार बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १० स्थित कोस्राङ आघारभुत विद्यालयका ६२जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरीएको हो ।चेपाङ समुदायका विद्यार्थीहरु अध्ययनरत विद्यालयका विद्यार्थीलाई ट्याक सुट,स्विटर र टि–सर्ट वितरण गरिएको छ।

आज(बुधबार) विद्यालयमा एक विशेष कार्यक्रमको आयोजना गरेर विद्यार्थीहरुलाई ट्याक सुट र टि–सर्ट वितरण गरिएको स्थानीय संयोजक तथा चुलीदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक ऋषिश्वर बुर्लाकोटीले जानकारी दिनुभयो।चेपाङ समुदायका बाहुल्यता रहेका उक्त विद्यालयमा अमेरीकामा रहेका धादिङ्ेलीहरुको सहयोगमा विद्यार्थीहरुलाई कपडा वितरण गरिएको हो ।

विदेशमा रहेका धादिङबासीले जिल्लाका न्युन आर्थिक अवस्था भएका विद्यार्थीलाई सहयोग पु¥याउने उद्देश्यले सो सामग्री वितरण गरिएको धादिङ नेपाली समाज अमेरिकाका अध्यक्ष टक बहादुर रुवालीले जानकारी दिनुभयो । महासचिव राम मल्ल ठकुरीको अनुसार जिल्लाका अन्य स्थानमा पनि न्यानो कपडा वितरण गर्ने कार्यक्रम रहेको र यसअघि जिल्लाका अन्य स्थानमा पनि न्यानो कपडा वितरण गरीसकिएको बताउनुभयो ।

अमेरीकामा दैउसी भैलो लगायत रकम संकलन गरेर जिल्लाका आर्थिक अवस्था कमजोर भएका,बेनिघाटको चेपाङ बस्तीमा कपडा वितरण गरीएको हो । न्यानो कपडा वितरण गर्ने कार्यक्रममा समाजसेवी तथा चुलीदेवी माविका प्रधानाध्यापक ऋषिश्वर बुर्लाकोटी,अन्तराष्टिङ धादिङ समाजका कोषाध्यक्ष तथा पत्रकार रामकुमार थापा,समाजसेवी राजकुमार बिसुराल र विद्यालयका प्रधानाध्यापक नविन्द्र चेपाङको आतिथ्यता रहेको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ २, शनिबार १७:४२पश्चिम एसिया द्वन्द्व रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड
समाचार२०८३ जेष्ठ २, शनिबार १७:१५नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
खेलकुद२०८३ जेष्ठ २, शनिबार १२:२४साफ खेल्ने नेपाली टोलीको घोषणा,कप्तानीमा एञ्जिलाको पुनरागमन
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना








