कन्टेन्ट क्रिएटर एलिजे जमाली ‘मिसेस भोग नेपाल सीजन – ३’ की शोस्टपर बन्ने

काठमाडौं। सामाजिक सञ्जालमा निरन्तर चर्चामा रहने कन्टेन्ट क्रिएटर एलिजे जमाली हाल काठमाडौंमै बसेर आफ्ना डिजिटल गतिविधि झनै सक्रिय रूपमा अघि बढाइरहेकी छिन्। नेपाली कन्टेन्ट क्रिएटर आयुष सिंह ठकुरीसँग विवाह पश्चात् उनी सामाजिक सञ्जालमा अझ प्रभावशाली ढंगले उदाएको देखिन्छ।
सामाजिक काम, ब्रान्ड प्रमोशन र कन्टेन्ट क्रिएसनमै सक्रिय रहेकी जमाली पहिलोपटक सामाजिक उद्देश्य बोकेको नेपाली सौन्दर्य प्रतियोगितामा औपचारिक रूपमा आवद्ध भएकी छिन्। हाउस अफ फेसन नेपालले आयोजना गर्ने ‘मिसेस भोग नेपाल’ को तेस्रो संस्करणमा उनी शोस्टपरको रूपमा अनुवन्धित भएकी हुन्।
हाउस अफ फेसन नेपालकी अध्यक्ष ओशिमा बानुले दिएको जानकारी अनुसार, लोकप्रिय डिजिटल क्रिएटर जमाली ‘शगुन ज्वेलर्स प्रिजेन्ट्स मिसेस भोग नेपाल सीजन–३’ मा आधिकारिक शोस्टपरको रूपमा सहभागी हुनेछिन्। केही दिनअघि आयोजक र जमालीबीच शोस्टपरका लागि सहमति–पत्रमा हस्ताक्षर समेत भइसकेको छ।
‘क्राउन योर कन्फिडेन्स’ मूल विषयवस्तुमा आधारित प्रतियोगितामा जमालीलाई ग्राण्ड फिनालेको शोस्टपरका रूपमा स्वागत गरिएको छ। आयोजकका अनुसार उनको उपस्थिति केवल ग्ल्यामरको कारण मात्र होइन, उनीले निरन्तर व्यक्त गर्दै आएका महिला सशक्तिकरण, आत्म–सम्मान र आत्मविश्वास सम्बन्धी सन्देशले कार्यक्रमलाई थप प्रभावशाली बनाउने अपेक्षा छ।
शोस्टपरको रूपमा आवद्ध भएसँगै जमालीले आफ्नो अनलाइन उपस्थिति महिलाको आत्मबल र क्षमता वृद्धि गर्ने अभियानमा अझ जोड दिने बताइएको छ—जसले मिसेस भोग नेपालले विवाहित महिलालाई जीवनका हरेक क्षेत्रमा सम्मान र उत्सव मनाउने लक्ष्यसँग मेल खान्छ।
अध्यक्ष ओशिमा बानु भन्छिन्, “जमालीको उपस्थिति कार्यक्रमको मुख्य आकर्षण हुनेछ—ग्ल्यामरसँगै उनी ल्याउने सकारात्मक सन्देशले प्रतियोगितालाई थप सार्थक बनाउनेछ।”
हाउस अफ फेसन नेपालले ‘मिसेस भोग नेपाल सीजन–३’ का लागि अडिसन मिति सार्वजनिक गरेको छ। आयोजक संस्थाका अनुसार अडिसन आगामी पुस १२ गते (डिसेम्बर २७) मा आयोजना हुनेछ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र १०, मंगलवार ११:४३सुन तोलामा एक हजार छ सयले घट्यो
समाचार२०८२ चैत्र १०, मंगलवार ११:३२रास्वपा केन्द्रीय समितिको बैठक आगामी बिहीबार बोलाइयो
समाचार२०८२ चैत्र १०, मंगलवार १०:५६सिक्लेसमा संरक्षण र समृद्धिको नयाँ मोडेलमा ACAP
समाचार२०८२ चैत्र ९, सोमबार २०:२६तयार भए संसदीय दलका कार्यालयहरु








