एसिया कपः नेपालले श्रीलङ्कालाई दियो ८३ रनको लक्ष्य

काठमाडौँ, २७ मङ्सिर । नेपाली यु–१९ युवा क्रिकेट टोलीले एसिसी अन्डर–१९ एसिया कपमा श्रीलङ्कालाई जितको लागि ८३ रनको लक्ष्य दिएको छ ।
दुबईको द सेभेन्स रङ्गशाला जारी खेलमा श्रीलङ्कासँग निकै कमजोर प्रदर्शन गर्दै नेपाल २८ दशमलव ५ ओभरमा ८२ रनमै अलआउट भएको हो ।
श्रीलङ्काका सेथ्मिका सेनेविरत्नले ९.५ ओभरमा २५ रन खर्चेर ५ विकेट लिँदै नेपालको इनिङ्स ध्वस्त पारे । यही मङ्सिर २६ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा विभिन्न आठ टोली सहभागी छन् । नेपाल समूह ‘बी’ मा छ । नेपालसँगै बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तान छन् । समूह ‘ए’ मा भारत, पाकिस्तान, युएई र मलेसिया छन् ।रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ ४, शनिबार २०:३०सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ ४, शनिबार १४:१९अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, अस्पताल भर्ना दुई लाख ३० हजार
समाचार२०८२ माघ ४, शनिबार १०:४१पार्टी फुटेको छैन,नयाँ सभापतिलाई मेराे बधाई छ -सुजाता
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ ४, शनिबार १०:३९पर्वतमा ७३ जना ज्येष्ठ नागरिकले पाए निःशुल्क आँखाको ज्योति








