लायन्सको जोन कार्यशाला सम्पन्न

पाेखरा ।
लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा काठमाडौंमा जोन कार्यशाला सम्पन्न भएको छ। कार्यशालाको उद्घाटन डिस्ट्रिक्ट ३२५ एम नेपालका गभर्नर धनीराम बरालको अध्यक्षतामा तथा पास्ट डिस्ट्रिक्ट गभर्नर महेन्द्र पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि पौडेलले लायन्सका प्रमुख कार्यक्षेत्रमध्ये नेतृत्व विकासको लक्ष्य हासिल गर्न यस्ता कार्यशाला सहयोगी हुने विश्वास व्यक्त गरे। उनले लायन्सका सेवा कार्य देखावटीभन्दा पनि वास्तविक र प्रभावकारी सहयोगमा केन्द्रित हुनुपर्नेमा जोड दिए।
कार्यक्रममा लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एम नेपालअन्तर्गत लायन वर्ष २०२५/२०२६ का लागि जोन चेयरपर्सनका रूपमा सेवा गरिरहेका कुल ३१ जना जोन चेयरपर्सनको सहभागिता रहेको थियो। कार्यशालामा मल्टिपल डिस्ट्रिक्ट जीएलटी कोअर्डिनेटर उत्तम प्रसाद झा, मल्टिपल डिस्ट्रिक्ट जीएमटी कोअर्डिनेटर मणि श्रीरत्न बज्राचार्य, डिस्ट्रिक्ट ३२५ एम नेपालका निवर्तमान गभर्नर चण्डी प्रसाद अर्याललगायतले सहजीकरण गरेका थिए। यसबारे जानकारी डिस्ट्रिक्ट जीएलटी कोअर्डिनेटर लक्ष्मण तिमिल्सिनाले दिएका हुन्।
कार्यशालामा जोन चेयरपर्सनको भूमिका र जिम्मेवारी, कार्यक्षेत्रमा आइपर्ने समस्याको समाधानका सीप, लक्ष्य निर्धारण तथा योजना निर्माणलगायत विषयमा सहजीकरण गरिएको थियो। लायन्स क्लबको गभर्नर बन्नका लागि कम्तीमा एक कार्यकाल जोन वा रिजन चेयरपर्सनका रूपमा कार्य गरेको हुनुपर्ने र जोन चेयरपर्सन अन्तर्राष्ट्रियस्तरबाट तोकिएको पद भएकाले पनि यसको भूमिका महत्वपूर्ण मानिन्छ।
कार्यक्रममा डिस्ट्रिक्ट फर्स्ट भाइस गभर्नर रत्न प्रसाद पराजुली, डिस्ट्रिक्ट सेकेन्ड भाइस गभर्नर किशोर बराल, पास्ट डिस्ट्रिक्ट मल्टिपल चेयरपर्सन गिरिधारी शर्मा, क्याबिनेट सेक्रेटरी जगन्नाथ तिमिल्सिना, चिफ एडभाइजर बलराम सुबेदी, सेक्रेटरियट चिफ डा. विष्णु गौतम, जोन सल्लाहकार शिवराज आचार्य, चिफ अफ पीआरओ गीता शर्मा चापागाईं, डिस्ट्रिक्ट जीएमटी कोअर्डिनेटर लक्ष्मण तिमिल्सिना, जीइटी कोअर्डिनेटर देवेन्द्र सारु, क्लस्टर चिफ दीपक आचार्यलगायतको उपस्थिति रहेको थियो।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20244, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र १०, मंगलवार ०७:५५पोखरामा अटो शो हुने
समाचार२०८२ चैत्र ९, सोमबार ००:००पूर्वी नेपालमा जाउँ है पोखरा अभियान
समाचार२०८२ चैत्र ८, आईतवार २३:५५पोखरामा जुवातास खेल्दै गरेका ११ जना तीन लाख ४६ हजार रूपैयाँसहित पक्राउ
समाचार२०८२ चैत्र ८, आईतवार ०३:३१पोखरामा २१औँ खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप–सम्पन्न:भारतका अक्षय र चीनका झाउ च्याम्पियन, महिलातर्फ कोङ सियाङ यान उत्कृष्ट







