नीलकण्ठ नगरपालिकाको गलत प्रचारप्रति ध्यानाकर्षण, भ्रम नफैलाउन आग्रह

नीलकण्ठ नगरपालिकाको गलत प्रचारप्रति ध्यानाकर्षण, भ्रम नफैलाउन आग्रह

धादिङबेशी,२७ मंसिर । नीलकण्ठ नगरपालिकाले सामाजिक सञ्जाल तथा  सञ्चार माध्यममार्फत नगरपालिकासँग सम्बन्धित विषयमा असहमति जनाउँदै प्रकाशित भएका समाचार तथा अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नगरपालिकाले जारी गरेको प्रेस विज्ञप्तीअनुसार नगरपालिकाबाट पारित कार्यहरू प्रचलित कानुन, विधि र प्रक्रियाअनुसार नै सम्पन्न भइरहेका छन्। नगरपालिकाको नीति, कार्यक्रम र बजेट नगरसभाबाट सर्वसम्मत रूपमा पारित भइसकेको उल्लेख गर्दै जनप्रतिनिधि जस्ता व्यक्तिले तथ्यहीन र भ्रामक प्रचार गरेको आरोप लगाइएको छ।  आर्थिक वर्ष २०८२/०८३ का लागि नीति, कार्यक्रम तथा बजेट नगरसभाबाट विधिसम्मत रूपमा पारित भएको र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार नै कार्यान्वयन भइरहेको नगरपालिकाको स्पष्टिकरण छ।

नगरपालिकाका सबै बैठकहरू एजेन्डासहित सञ्चालन हुने र छलफलपछि निर्णय गरिने गरिएको विज्ञप्तीमा उल्लेख छ। विज्ञप्तीमा नगरसभा वा कार्यपालिकामा निर्णय हुँदासमेत असहमति भएमा ‘नोट अफ डिसेन्ट’ राख्न सकिने कानुनी व्यवस्था रहेको स्मरण गराउँदै सो प्रक्रिया नअपनाई बाहिर गएर भ्रम सिर्जना गर्नु गैरजिम्मेवारपूर्ण कार्य भएको बताइएको छ।

त्यस्तै, नगरपालिकाले कर्मचारी व्यवस्थापन, सेवा प्रवाह, योजना तर्जुमा तथा बजेट विनियोजनमा पनि प्रचलित कानुनअनुसार नै काम भइरहेको स्पष्ट पारेको छ। गलत सूचना प्रवाहले कर्मचारीको मनोबल गिर्ने,नगरपालिकाको गरिमा र जनप्रतिनिधिहरूको प्रतिष्ठामा आँच पुग्ने भन्दै जिम्मेवार बन्न सम्बन्धीत सरोकारवालालार्ई आग्रह गरिएको छ।

नगरपालिकाले आगामी दिनमा पनि पारदर्शिता, सुशासन र नागरिक हितलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै भ्रामक प्रचारमा नलाग्न सबै सरोकारवालालाई अनुरोध गरेको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 4   +   1   =  

Protected by Spam Master