नमुना सहकारीमा केदारनाथ

पाेखरा । नमुना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन भएको छ। संस्थाकाे २६औँ साधारण सभा तथा दशौँ अधिवेशनबाट अध्यक्षमा केदारनाथ न्यौपाने निर्वाचित भए ।
यसैगरी उपाध्यक्षमा हेमकुमार श्रेष्ठ, सचिवमा नवराज पहारी, कोषाध्यक्षमा नारायण प्रसाद अधिकारी चयन भएका छन् ।
यस्तै सदस्यहरूमा शिवराज बराल, कृष्ण पराजुली र माया कुबँर निर्वाचित भएका छन भने लेखा समिति संयोजकमा हेम प्रसाद तिमिल्सिना तथा सदस्यहरूमा देवी श्रेष्ठ र विष्णु प्रसाद ढुंगाना निर्वाचित भए ।
निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई तथा सफल, प्रभावकारी र उपलब्धिमूलक कार्यकालको शुभकामना व्यक्त गरिएको संस्थाका प्रशासनिक अधिकृत शोभाकान्त पौडेलले जानकारी दिए ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20248, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र १०, मंगलवार ०७:५५पोखरामा अटो शो हुने
समाचार२०८२ चैत्र ९, सोमबार ००:००पूर्वी नेपालमा जाउँ है पोखरा अभियान
समाचार२०८२ चैत्र ८, आईतवार २३:५५पोखरामा जुवातास खेल्दै गरेका ११ जना तीन लाख ४६ हजार रूपैयाँसहित पक्राउ
समाचार२०८२ चैत्र ८, आईतवार ०३:३१पोखरामा २१औँ खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप–सम्पन्न:भारतका अक्षय र चीनका झाउ च्याम्पियन, महिलातर्फ कोङ सियाङ यान उत्कृष्ट








