मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

भैरहवा (रूपन्देही)- सोमबार बिहान सडक दुर्घटनामा परी रूपन्देहीका दुई जनाको मृत्यु भएको छ । रूपन्देहीको भैरहवा–परासी सडक खण्डमा रोहिणी गाउँपालिका वडा नम्बर ३, परासीझुवामा रोकिरहेको ट्रकमा मोटरसाइकल ठोक्किएको रूपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले बताउनुभयो ।
मृत्यु हुनेमा ओमसतिया गाउँपालिका वडा नम्बर ३ का २१ वर्षीय राजु हरिजन र सोही ठाँउ बस्ने २३ वर्षीय रोहित यादव रहेको नायब उपरीक्षक कार्कीले जानकारी दिनुभयो । आज बिहान करिब ६ बजे परासीबाट भैरहवातर्फ आउँदै गर्दा ग ११ प ८६२५ नम्बरको मोटरसाइकल रोकिरहेका एचआर ५५ डब्लु ०३१ नम्बरको भारतीय ट्रकमा ठोकिएको थियो ।
गम्भीर घाइते भएका सो मोटरसाइकलमा सवार दुबै जनालाई तत्काल भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज पु¥याइए पनि उपचारको क्रममा उनीहरूको मृत्यु भएको प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो । प्रहरीले दुर्घटनाग्रस्त ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएको र यसबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
यसैगरी रूपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३, दरखस्वामा एक जनाको शव पानीमा अर्ध डुबेको अवस्थामा फेला परेको छ । आज करिब सवा ८ बजे स्थानीय बासिन्दाले नारायण सिंह थापाको खाली जग्गामा जमेको पानीमा करिब ६५ वर्षीया एक महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी सुरज कार्कीले जानकारी दिनुभयो ।
हालसम्म मृतको नाम, थर र ठेगाना खुल्न सकेको छैन । घटनाको प्रकृती, मृत्युको कारण र मृतक महिलाको पहिचान पत्ता लगाउन थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट विशेषज्ञ टोली खटिएको कार्कीले बताउनुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ पुष १२, शनिबार ०९:२६स्वामी परमानन्द सरस्वतीको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन
समाचार२०८२ पुष ११, शुक्रबार १९:४९नौ जिल्लामा इलाका प्रशासन कार्यालय स्थापना गर्ने मन्त्रिपरिषद बैठकको निर्णय
समाचार२०८२ पुष ११, शुक्रबार १८:२८छिमेकी र अन्य देशहरूसँग आवश्यक सहकार्य हुन्छ : नवनियुक्त मन्त्री शर्मा
कला, विचार/मनोरञ्जन२०८२ पुष ११, शुक्रबार १४:५७दिनेश डिसी र दीपाश्रीद्धारा छैटौँ रश्मिलाज फेसियल हाउस हात्तिगौडा शाखा उद्धघाटन








