भोजपुरमा आँखा शिविरमा करिव पाँच सयको उपचार, एक सय बढीको शल्यक्रिया

टक्सार (भोजपुर), २९ मङ्सिर । विगत लामो समयदेखि आँखामा समस्या भएर राम्ररी देख्न नसक्ने वृद्धवृद्धाहरूले आँखा स्पष्ट देख्न थालेपछि शल्यक्रियामा खटिने चिकित्सकलाई आशीर्वाद दिएका छन् ।
पहाडी जिल्ला भोजपुरमा नेपाल नेत्रज्योती सङ्घद्वारा हालै आयोजित तीनदिने निःशुल्क आँखा शिविरमा मोतियाबिन्दु तथा समस्या हुने नागरिकको शल्यक्रिया मार्फत आँखाको ज्योती पुनः फर्किएपछि उनीहरु रमाएका हुन् ।
सेवा पाएका वृद्धवृद्धाले शल्यक्रियामा संलग्न विराटनगर आँखा अस्पतालमा कार्यरत डा रक्षा बस्नेतलाई आगामी दिनमा पनि यस्तै नागरिकलाई सेवा दिन आशीर्वाद दिए । शिविरमा डा बस्नेतलगायतका स्वास्थ्यकर्मीको टिमले एक सय १८ जनाको सफल शल्यक्रिया गर्यो । आँखाको शल्यक्रियापछि सेवाग्राहीले खुसी हुँदै भने, “अब आँखा प्रष्ट देख्न पायौँ, हामीलाई खुसी लागेको छ ।”
भोजपुर नगरपालिका–१२ टक्सारको पुरानो डबलीमा सञ्चालन भएको निःशुल्क आँखा परीक्षण तथा शल्यक्रिया शिविरमा चार सय ९४ जनाको आँखा परीक्षण गरियो । आर्थिक अवस्था र घरायसी समस्याका कारण अन्यत्र उपचारका लागि जान नसक्ने जिल्लाका नागरिकलाई नजिकै तीनदिने शिविर सञ्चालन भएपछि राहत मिलेको नेपाल नेत्रज्योति सङ्घका कोषाध्यक्ष सम्झना प्रधानले बताए ।
नेपाल नेत्रज्योति सङ्घ आँखा तथा कान उपचार केन्द्रको आयोजना तथा विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा भोजपुर नगरपालिका–१२ मा भएको शिविरमा आँखा परीक्षण, मोतियाबिन्दुको शल्यक्रिया, मासु पलाएको, चश्माको पावर जाँचलगायत सेवा प्रदान गरिएको केन्द्रका प्रमखु विजय तामाङले जानकारी दिए ।
पहाडी जिल्लाहरुमा सञ्चालन गरिने शिविरमा आँखा अस्पताल विराटनगरले प्राविधिक सहयोग गर्दै आइरहेको छ । आँखा समस्या समाधानका लागि ठूला सहरमा जानुपर्दा बढी खर्च हुने गरेको अवस्थामा आफ्नै स्थानीयस्तरमा सञ्चालन हुने शिविर प्रभावकारी देखिने गरेको नेत्रज्योति सङ्घका सदस्य धर्मराज राईको भनाइ छ । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ २, शनिबार १७:४२पश्चिम एसिया द्वन्द्व रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड
समाचार२०८३ जेष्ठ २, शनिबार १७:१५नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
खेलकुद२०८३ जेष्ठ २, शनिबार १२:२४साफ खेल्ने नेपाली टोलीको घोषणा,कप्तानीमा एञ्जिलाको पुनरागमन
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना









