नेपाली चलचित्रको अन्तर्राष्ट्रिय प्रवर्द्धनका लागि नयाँ दिल्लीमा फिल्म फेस्टिभल

काठमाडौं । नेपाली चलचित्रको प्रवर्द्धन, सम्मान तथा अन्तर्राष्ट्रिय पहुँच विस्तार गर्ने उद्देश्यसहित इन्टरनेशनल नेपाली फिल्म फेस्टिभल एण्ड अवार्ड (INFFA) ले आफ्नो अन्तर्राष्ट्रिय चलचित्र महोत्सव तथा अवार्ड कार्यक्रम (INFFA 2026) भारतको नयाँ दिल्लीमा आयोजना गर्ने घोषणा गरेको छ। महोत्सव सन् २०२६ फेब्रुअरी १ देखि ३ तारिखसम्म सञ्चालन हुनेछ। आयोजक संस्थाले प्रेस बिज्ञप्ति जारी गर्दै फिल्म फेस्टिभल घोषणा गरेको हो।
यस महोत्सवको मुख्य उद्देश्य अन्तर्राष्ट्रिय दर्शकमाझ नेपाली चलचित्रको प्रवर्द्धन गर्नुका साथै सिर्जनात्मक र व्यावसायिक विस्तारका लागि साझा मञ्च सिर्जना गर्नु हो। प्रतियोगिताका लागि सन् २०२५ मा प्रदर्शन भएका नेपाली फिचर फिल्महरु आह्वान गरिएको छ। चलचित्र बुझाउने अन्तिम मिति २०२६ जनवरी ७ तोकिएको छ।
महोत्सवअन्तर्गत उत्कृष्ट फिचर फिल्म, निर्देशन, अभिनय तथा विभिन्न प्राविधिक विधामा अवार्ड प्रदान गरिनेछ। साथै रेड कार्पेट अवार्ड समारोह, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्रकर्मी र समीक्षकहरूको सहभागिता, प्रिमियर शो, विशेष प्रदर्शन तथा सांस्कृतिक प्रस्तुतिहरू समेत आयोजना गरिनेछ।
यस वर्षको निर्णायक मण्डलको प्रमुख जूरीका रूपमा अभिनेता कृष्ण मल्ल रहनेछन्। जूरी सदस्यहरूमा निर्देशक तुलसी घिमिरे, अभिनेता सुनील थापा, अभिनेत्री विपना थापा तथा भारतका चर्चित थिएटर अभिनेता अभतार साहनी रहेका छन्।
नेपाली फिल्म फेस्टिभल एण्ड अवार्ड (INFFA) का अध्यक्ष राजेन्द्र घिमिरे हुन् महोत्सव निर्देशक (नेपाल) जनक दीप पराजुली रहेका छन् । महोत्सवमा हजारौँ दर्शक र चलचित्रकर्मी सहभागी हुने अपेक्षा गरिएको छ, जसले उदाउँदा प्रतिभा र चलचित्र उद्योगबीच सहकार्यका लागि महत्वपूर्ण मञ्च प्रदान गर्नेछ।
चलचित्र सहभागी गराउनका लागि
https://filmfreeway.com/INFFA
मार्फत अपलोड गर्न सकिनेछ।
त्यसैगरी, नेपालस्थित नेपाल चलचित्र निर्देशक समाजको कार्यालयमा उपलब्ध गराउन वा
infaa.filmsubmission@gmail.com
मा गुगल ड्राइभ लिंक इमेलमार्फत पठाउन सकिनेछ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ २, शनिबार १७:४२पश्चिम एसिया द्वन्द्व रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड
समाचार२०८३ जेष्ठ २, शनिबार १७:१५नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
खेलकुद२०८३ जेष्ठ २, शनिबार १२:२४साफ खेल्ने नेपाली टोलीको घोषणा,कप्तानीमा एञ्जिलाको पुनरागमन
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना









