पोखरामा हुने सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कपको तयारीमा तीव्रता

पोखरा । पोखरामा पौष ९ गतेदेखि हुने सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिताको तयारीमा तीव्रता दिइएको छ । पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा पौष ११ गतेसम्म चल्ने प्रतियोगिताको लागि व्यवस्थापन तथा निर्देशन समिति सहित विभिन्न उपसमिति निर्माण गरेर तयारीमा तीव्रता दिइएको पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपक बहादुर गोदारले जानकारी दिए ।
जस अनुसार व्यवस्थापन तथा निर्देशन समिति, संयोजकमा अध्यक्ष गोदार रहेका छन् । सदस्यहरूमा पूर्णचन्द्र न्यौपाने, तेज प्रसाद कडेल, डिबी नेपाली, हेम प्रसाद आचार्य, विजय गुरुङ, षडानन्द गौतम, भीम सुवेदी, सकुन्तला लम्साल, लेकमाया पुन, राम बहादुर लामिछाने, सागर भण्डारी, दिलिप लामा, गोप बहादुर अधिकारी, धन लामा, निरोज बहादुर नेपाली छन् ।
सचिवालय व्यवस्थापन उपसमिति संयोजकमा सुरज अधिकारी, सदस्यहरूमा शान्ता सुवेदी, भीम सुवेदी, सकुन्तला लम्साल, राजाराम पौडेल र भरत बानियाँ रहेका छन् । खेल तथा खेलाडी दर्ता उपसमिति अन्तरगत भलिबल संयोजकमा राम बहादुर लामिछाने, कबड्डी संयोजकमा सागर भण्डारी, एथलेटिक्स संयोजकमा गोप बहादुर अधिकारी, तेक्वान्दो संयोजकमा हर्क गुरुङ, उसु संयोजकमा शुकदेव रोक्का, कराते संयोजकमा धन लामा रहेका छन् ।
मार्चपास व्यवस्थापन उपसमिति संयोजकमा हरि जिसी, सदस्यहरूमा पुरुषोत्तम थापा र षडानन्द गौतम, सुरक्षा व्यवस्थापन तथा स्वयंसेवक परिचालन उपसमिति संयोजकमा पुरुषोत्तम थापा तथा सदस्यहरूमा किसान भण्डारी र लेकमाया पुन रहेका छन् ।
स्वास्थ्य व्यवस्थापन उपसमिति संयोजकमा प्रविण रानाभाट र सदस्यमा पोषण बहादुर थापा मञ्च निर्माण, सजावट तथा सांस्कृतिक व्यवस्थापन उपसमिति संयोजकमा प्रीति बराल, सदस्यहरूमा लेकमाया पुन, सकुन्तला लम्साल, सोमनाथ भण्डारी र मोना गुरुङ रहेका छन् ।
खेल मैदान, सरसफाइ तथा पानी व्यवस्थापन उपसमिति संयोजकमा लक्ष्मण कुँवर र सदस्यहरूमा विजय गुरुङ, परशी शेर्पा, गङ्गा थापा, श्याम बिक, सरोज पुन रहेका छन् ।
अनुगमन उपसमिति संयोजकमा हेम प्रसाद आचार्य, मिडिया प्रचार तथा प्रसार उपसमिति संयोजकमा राजाराम पौडेल, प्राविधिक उपसमिति संयोजकमा राजन पौडेल र सहसंयोजकमा सिद्धान्त अधिकारी रहेका छन् । जिल्ला छनोट निर्णायक समिति भलिबलमा बल बहादुर श्रेष्ठ, कौशिल्या खत्री, रमेश जिसी, लेखनाथ लम्साल, कबड्डीमा राजकुमार थापा, हरि जिसी, कविता आले, एथलेटिक्समा गोप बहादुर अधिकारी ,सिद्धान्त अधिकारी, गज बहादुर गुरुङ रहेका छन् ।
पोखरा महानगर खेलकुद विकास समिति खेलकुद विकास समितिका सदस्य सचिव सुरज अधिकारीका अनुसार प्रतियोगितामा उसु, कराँते, तेक्वान्दो, भलिबल, कबड्डी र एथलेटिक्स गरि ६ वटा विधामा प्रतिष्पर्धा हुनेछ । खेलकुदलाई व्यवसायिक बनाउन नगद पुरस्कारसहित यो प्रतियोगिता आयोजना गरिएको हो ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20279, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख ७, सोमबार १४:५९गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
समाचार२०८३ बैशाख ६, आईतवार २२:२९नेपाल पत्रकार महासंघ, कास्कीको साधारण सभाको तयारी
समाचार२०८३ बैशाख ६, आईतवार १३:०३लेकसाइडमा पर्यटकलाई दुःख हैरानी दिने १६ महिला नियन्त्रणमा
समाचार२०८३ बैशाख ६, आईतवार १२:४६बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ हुने, बन्दिपुरको पर्यटन प्रवर्द्धनमा थप ऊर्जा मिल्ने विश्वास






