किशोरको गीत ‘तिम्रो नजरले’ मा अभिनेता विश्व बस्नेत

किशोरको गीत ‘तिम्रो नजरले’ मा अभिनेता विश्व बस्नेत


काठमाडौँ। नेपाली संगीत बजारमा प्रेम, सम्झना र भावनाको सुन्दर मिश्रण बोकेको नयाँ गीत ‘तिम्रो नजरले’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। मायाको भावलाई स्मृतिको रूपसँग जोडेर प्रस्तुत गरिएको यस भिडियोले दर्शकको मन छुने अपेक्षा गरिएको छ।

फिल्म ‘सिन्दुर’ बाट अभिनय यात्रामा पाइला चालेका अभिनेता विश्व बस्नेत यस म्युजिक भिडियोमा मुख्य भूमिकामा देखिएका छन्। उनका साथमा सारा अधिकारी, गीता श्री र सन्दीप बाबु लोहनीको सशक्त अभिनयले भिडियो अझ जीवन्त बनेको छ।

यस म्युजिक भिडियोको निर्देशन निर्मल पौडेलले गरेका हुन्। शब्द राज मुकारुङको रहेको यस गीतमा हरि लम्सालको संगीत छ भने गीतलाई गायक किशोर सिवाकोटीले आवाज दिएका छन्।

म्युजिक भिडियोको छायांकन विवेक खड्काले गरेका हुन्। रंग संयोजनको जिम्मेवारी बब्बरले सम्हालेका छन् भने भिडियो सम्पादन अनिमेष सपकोटाले गरेका छन्। यस म्युजिक भिडियोको निर्माण घामकिरी फिल्म्स प्रोडक्सनले गरेको हो। भिडियो किशोर सिवाकोटीको अफिसियल यु ट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकन सुरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 10   +   5   =  

Protected by Spam Master