गीतकार एसपी कोइरालाको नेतृत्वमा इ–लर्निङ सेन्टर स्थापना

गीतकार एसपी कोइरालाको नेतृत्वमा इ–लर्निङ सेन्टर स्थापना


काठमाडौँ । पूर्वअर्थमन्त्री तथा वरिष्ठ गीतकार शंकरप्रसाद कोइरालाको नेतृत्वमा सूचना प्रविधिमा अभ्यस्त बनाउँदै विद्यार्थीलाई पठनपाठन गराउने उद्धेश्यले भोजपुरका विद्यालय तथा क्याम्पसमा ‘इ–लर्निङ सेन्टर’ स्थापना गरिएको छ । पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइराला नेतृत्वको ईश्वर मन्दिर काठमाडौँ नामक संस्थाको सहयोगमा जिल्लामा इ–लर्निङ सेन्टर स्थापना गरिएको हो । इ–लर्निङ अभियानको क्रममा भोजपुर नगरपालिका वडा नम्वर ९ काफ्लेमा रहेको जनकल्याण आधारभुत विद्यालयमा इ–लर्निङ सेन्टर स्थापना गरिएको हो । तत्कालिन स्थानीय कल्याणप्रसाद कोइरालाको नेतृत्वमा स्थापना भएको विद्यालयमा उनको परिवारको सहयोगमा इ–लर्निङ सेन्टर स्थापना भएको हो ।

विसं २०१४ सालमा स्थापना गरिएको विद्यालयमा १० थान कम्प्युटर सेट र एक थान स्मार्ट टिभी लगायतका विद्युतीय सामानको व्यवस्था गरिएसँगै इ–लर्निङ सेन्टर सञ्चालनमा आएको हो । पूर्वअर्थमन्त्री कोइरालाले विद्यालयका प्रधानाध्यापक र विद्यालय ब्यवस्थापन समिति अध्यक्षलाई सेन्टर हस्तान्तरण गरेका थिए ।
विद्यार्थीलाई सूचना प्रविधिसँग अभ्यस्त गर्दै सिकाइलाई प्रभावकारी बनाउने उद्देश्यले आफु रहेकोे संस्थाले विद्यालयमा इ—लर्निङ सेन्टर स्थापना गर्दै आएको पूर्वअर्थमन्त्री कोइरालाले बताए । उनले भने – “सूचना प्रविधिको वर्तमान युगमा विगतमा जस्तो अध्ययनले मात्र हुँदैन, विद्यार्थीलाई प्रविधिसँग जोड्न जरूरी छ । त्यसैले ग्रामीण क्षेत्रका विद्यालयमा पनि इ–लर्निङ सेन्टर स्थापनामा बर्षेनी सहयोग गरिरहेका छौँ । यसले पठनपाठनमा सहजता हुने विश्वास लिएका छौँ ।’
विद्यालयका संस्थापक कल्याण कोइरालाका छोरा गीतकार रमेश कोइरालाले इ–लर्निङ सेन्टर सहित आमाबुबाको नाममा एक लाख ११ हजार एक सय ११ रुपैयाको अक्षयकोष राखी छात्रवृत्ति स्थापना समेत गरेका छन् ।

विद्यालयको ६९ औं जन्मोत्सवको अवसर पारेर इ–लर्निङ सेन्टर पनि संचालनमा आएको विद्यालयका प्रधानाध्यापक योगराज लुईटेलले बताए । काफ्लेमा मात्र होइन संसथाले जिल्लाको त्रिभुवन धर्मोदय मावि, भोजपुर बहुमुखी क्याम्पस, विद्योदय मावि, जनसेवा आधरभूत विद्यालय, सरस्वती आधारभूत विद्यालय, आदर्श शिशु आधारभूत विद्यालय, हतुवागढीको सगरमाथा मावि, षडानन्द नगरपालिकामा रहेको अरुण मावि, अरुण गाउँपालिकाको शारदा माविमा लगायतका विद्यालयमा पनि समेत इ–लर्निङ सेन्टर स्थापना गरि सकेको छ ।

ईश्वर मन्दिरका संस्थाका अध्यक्ष प्रमेश केशीले ‘विद्यार्थी साथमा, कम्प्युटर हातमा’ भन्ने अभियान सहित अहिले संस्थाले भोजपुरका सामुदायिक विद्यालयको शैक्षिक सुधारमा सहयोग गरि रहेको बताए । संस्थाका महासचिव संकेत कोइरालाले भने– ‘आधुनिक प्रविधिको युगमा विद्यार्थीको हातमा कलम र कपी मात्र होइन, अहिलेका कम्प्युटर पनि हुन जरूरी छ, त्यसैले हामी त्यही अभियान अन्तर्गत अहिले भोजपुरका विद्यालयमा सहयोग गरिरहेका छौँ । यसलाई अन्य ठाउँमा पनि विस्तार गर्दै लैजाने हाम्रो लक्ष्य छ ।’

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 1   +   6   =  

Protected by Spam Master