लेखनाथ महोत्सवमा दर्शकको घुइँचो

लेखनाथ ।
महोत्सवको पनि महोत्सव लेखनाथ महोत्सव जारी २१ औं संस्करणको तेश्रो दिन शनिवार दर्शको घुईचो लागेको छ ।
शनिवार विदाको दिनपनि परेकोले स्थानीय, संघ संस्था र विद्यालयका विद्यार्थी समेतको उपस्थितिले दर्शकको संख्यामा उल्लेख्य वृद्धि भएको हो ।
महोत्सवमा शनिवारमात्र ४० हजार दर्शकले मेलाको अवलोकन गरेका तथा प्रचार प्रसार संयोजक धु्रववावु भटट्राईले बताए । १ करोड ५० लाख बरावरको आर्थिक कारोवार भएको आयोजकले जनाएको हो । तेश्रो दिन सम्म आइपुग्दा करिव १ लाख दर्शकले महोत्सव अवलोकन गरीसकेका भटट्राईले जानकारी दिए ।
विषेशगरी वाल उद्यान तर्फ मात्र १० लाख वढिको आर्थिक कारोवार भएको बाल उद्यानका संयोजक भरत थापाले बताए ।
महोत्सव गेटदेखी तीन सय ३५ स्टलपार गरी कार्यक्रम स्थल सम्म पुग्न दर्शकलाई पुग्न हम्मे हम्मे परेको हो ।
नृत्य तर्फ वडहरे गन्र्दभ समाजको प्रस्तुती रहेको थियो भने विद्यालय स्तरीय कार्यक्रम अन्तगत आनन्द ज्योति मावि , गुरुकुल विद्याश्रम, भवानी कालिका मावि र लक्ष्मी आदर्श माविको प्रस्तुती रहेको थियो भने रत्यौली तर्फ गायत्री आमा समुहको आफ्नो प्रस्तुती राखेका थिए ।
कलाकार तर्फ लोकदोहोरी तर्फ खुमन अधिकारी, निरा पोख्रेल, शान्ता बर्देवा, गगन गुरुङ्ग, मधुथापा मगर र सुगम संगित तर्फ रचना रिमाल र डेविड शंकरको प्रस्तुती रहेको थियो ।
“महोत्सवमा लोकदोहोरी, हास्यव्यङ्ग्य तथा सांगीतिक प्रस्तुति जारी छन्।”
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20318, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन १८, सोमबार २१:४६साेमबार राति १२ बजेपछि मौन अवधि सुरु, यी काम गर्न पाइँदैन
समाचार२०८२ फाल्गुन १७, आईतवार १९:३२मौन अवधिमा सञ्चार माध्यमको दायित्व झन् बढीः सरोकारवाला
समाचार२०८२ फाल्गुन १७, आईतवार १५:३८कास्की २ का एमाले उम्मेदवार रश्मि आचार्यले सामाजिक संजालबाट आज बेलुकी ८ बजे मतदातासँग प्रत्यक्ष संवाद गर्ने
समाचार२०८२ फाल्गुन १७, आईतवार १३:४९इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन राष्ट्रिय शोक घोषणा







